पोर्चुगल । नेपाली नारी समाज पोर्चुगल तेस्रो महाअधिवेशनले सीता श्रेष्ठ ‘शिवानी’का अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचन गरेको छ । समाजका उपाध्यक्षमा प्रीतु लामा, ज्योत्स्ना अधिकारी, गीता रेउले, जानकी सुवेदी(पोर्तो), महासचिवमा पुनम गौतम, सचिवमा कल्पना कार्की र मोनिका भुसाल, कोषाध्यक्षमा डोङ्गाल्हामु शेर्पा र सहकोषाध्यक्षमा देवी गुरुङ चयन हुनुभएको छ ।
समाजका संस्थापक सीता बरालका संयोजकत्वमा गठित निर्वाचन समितिबाट भएको निर्वाचनमा कार्यसमितिका सदस्यमा लक्ष्मी परियार, स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अङ्किता खनाल, गङ्गा लामा, स्नेहा परियार, बबिता शर्मा, विन्दु गौतम, इन्द्रकुमारी थापा, बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङ चयन हुनुभएको छ ।
तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतानिक महावाणिज्यदूत मकर हमालले समाजले सामाजिक सेवा र महिला अधिकारको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।संस्थाका संरक्षक एवं लैङ्गिक हिंसा विशेषज्ञ डा ज्योति तुलाधरले नवनिर्वाचित समितिलाई गोपनीयता र पदको शपथ खुवाउँदै समाज स्थापनाकालदेखि महिला अधिकारका लागि उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । अधिवेशनले समाजका प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशनमा पोर्चुगलमा रहेका विभिन्न नेपाली सामाजिक सङ्घसंस्थाका अध्यक्षको सहभागिता थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]