दौड प्रतियोगिता आयोजना गरि डिएनसि युकेले मनायो नयाँ बर्ष

केन्ट । डाटफोर्ड नेपाली समाज (डिएनसि) युकेले स्वस्थ जीवनको कामनासहित दौड/वाक प्रतियोगिता आयोजना गरि नेपाली नयाँ बर्ष २०७८ सालको शुभकामना आदान प्रदान गरेको छ । केन्ट बसोबास गर्ने नेपाली समुदायका करीव ७० जनाले दौड/वाक प्रतियोगितामा सहभागी भई शुभकामना आदान प्रदान गरेको हुन् ।
स्थानिय सेन्ट्रल पार्कमा सामाजिक दुरीसहित समुहगत रुपमा ६ जना सम्म एकै पटक भेटेर नेपाली नयाँ बर्षको शुभकामना समेत बाडेका थिए । आइतबार आयोजना गरिएको २१ हजार (हाफ म्याराथन) र १० हजार दौड/वाक गरि नया बर्ष मनाउने निर्णय डिएनले गरेको थियो ।
डिएनसि युके अध्यक्ष गजेन कटुवालले दौड /वाकमा सहभागीलाई शुभकामना दिएका थिए । उनले कोरोना महामारीका समयमा कार्यक्रम तयारीको लागि अहोरात्र खट्ने खेल संयोजक प्रकाश थापासहित टिमको प्रसंसा समेत गरे । दौड/वाकमा सहभागीहरुलाई डार्टफोर्डको सेन्ट्रल पार्कमा सामाजिक दुरी कायम गरि विहान १० बजेदेखि साढे ११ सम्म जुस, पानी पिउँने तथा फलफुल खाने व्यवस्था  व्यवस्था गरिएको थियो । खेल संयोजक थापाले सहभागीहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री