लण्डन। नेपाली नयाँ बर्ष २०७८को शुभ-अवसर पारेर संयुक्त अधिराज्य (बेलायत)बाट नेपाली अनलाईन न्युज पोर्टल “ब्रिटिशखबर डटकम” को सुरुवात भएको छ। पत्रकार बिपिन निरौला सम्पादक तथा प्रकाशक रहेको उक्त न्युज पोर्टलको बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले आइतबार भर्चुअल समारोहबीच शुभारम्भ गरेका हुन्।
बेलायतका वरिष्ठ समाजसेवी चिरन्जिबी ढकालको अध्यक्षता सम्पन्न उक्त भर्चुअल समारोहमा वरिष्ठ लेखक , साहित्यकार तथा सफल ब्यबसायी समेत रहेका गैर आवासिय नेपाली संघ (एनआरएनए)का संस्थापक, पूर्व अध्यक्ष तथा हालका संरक्षक जीवा लामिछाने , एनआरएनएका केन्द्रिय सल्लाहकार कुल आचार्य , ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष उद्योगपती राजेन्द्र खेतान, एनआरएनए युकेका संस्थापक अध्यक्ष तथा बेलायतका लागि नेपाल टुरिजम बोर्डका अनररी प्रतिनिधि महन्त श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमको दोस्रोसत्रमा नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल, केन्द्रिय महिला सचिब सृजना अर्याल , युके शाखाका अध्यक्ष नरेश खपांगी मगर , युकेकै वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल , बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा , पत्रकारहरु बाचस्पती रेग्मी , खुशी लिम्बु , प्रेश युनियन बेलायतका उपाध्यक्ष एभरेस्ट गौतम लगायतले समेत ब्रिटिशखबरले सत्य र निष्पक्ष समाचार प्रकाशनका लागी शुभकामना दिएका थिए। बरिष्ठ पत्रकार भगीरथ योगीले कार्यक्रममा ब्यक्त अभिव्यक्ति सहितको एक रिपोर्ट प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।
त्यसअघि एनआरएनएका युरोप उप-संयोजक शुक्र राज न्यौपाने , एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष कुबेर कार्की , एनआरएनए युकेका उपाध्यक्षहरु प्रेम गाहा मगर र नारायण कंडेल , इंग्ल्यान्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड गुरुङ ले समेत शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा यती नेपाली एशोशिएशनका अध्यक्ष ध्रुब केसी ,तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङ ,मगर संघ युकेका अध्यक्ष सुनिल राना, आदिबासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार, स्याङ्गजा समाजका अध्यक्ष शारदा गुरुङ र समाजसेवी डेबिड गुरुङ लगायतका व्यक्ति हरले समेत शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली जनसम्पर्क समितीका कार्यबाहक अध्यक्ष महेश दाहाल , प्रबासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले शुभकामना ब्यक्त गरेका थिए भने समाजसेवीहरु शुरेश गौतम र शुरेशजंग शाह, धन शार्की, तथा पहिलो नेपाली ब्यारिष्टर राजु थापाको पनि उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासंघ युकेका महासचिब संजय कंडेल , सचिबद्वय शिब भण्डारी र डा जगन कार्कीले फेसबुक लाइभ लगायतका टेक्निकल सहयोग गरेका थिए।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश