लण्डन । बेलायतका प्रिन्स फिलिपको अन्त्येष्ठीको दिन पारेर गोरखाहरुले पनि उनलाई विदाई सम्मान दिएका छन् ।
यसक्रममा ननिटनस्थित ब्रिटिश गोरखा भेट्रान एसोसिएसन युकेले पनि स्थानीय पार्कमा रहेको स्मारकमा जम्मा भई अन्तिम विदाई सम्मान व्यक्त गरेको छ । प्रिन्स फिलिपको अन्त्येष्ठीको समय अपराह्न ३ बजे नै आयोजित सो कार्यक्रममा ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन, मलाया बोर्नियो फार इष्ट भेट्रान्स, रोयल सिग्नल्सले आफ्नो झण्डासहित सम्मान व्यक्त गरेका थिए ।
गोरखा भेट्रान्सका अध्यक्ष ओम गुरुङले प्रिन्स फिलिपको फोटोमा रिथ चढाएका थिए भने एसोसिएसनका सदस्यहरु सैन्य पोशाकमा पदकहरुसहित सहभागी भएका थिए ।
खुला पार्कमा भएको सो कार्यक्रमलाई करिब दुई सयको संख्यामा उपस्थित स्थानीय बासिन्दाहरुले पनि सामाजिक दुरी कायम गरी अवलोकन गरेका थिए ।
सो अवसरमा विगुलबाट अन्तिम सलामी दिनुका साथै प्रिन्स फिलिप प्रति १ मिनेट मौनधारण पनि गरिएको थियो ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु