लण्डन । बेलायतका प्रिन्स फिलिपको अन्त्येष्ठीको दिन पारेर गोरखाहरुले पनि उनलाई विदाई सम्मान दिएका छन् ।
यसक्रममा ननिटनस्थित ब्रिटिश गोरखा भेट्रान एसोसिएसन युकेले पनि स्थानीय पार्कमा रहेको स्मारकमा जम्मा भई अन्तिम विदाई सम्मान व्यक्त गरेको छ । प्रिन्स फिलिपको अन्त्येष्ठीको समय अपराह्न ३ बजे नै आयोजित सो कार्यक्रममा ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन, मलाया बोर्नियो फार इष्ट भेट्रान्स, रोयल सिग्नल्सले आफ्नो झण्डासहित सम्मान व्यक्त गरेका थिए ।
गोरखा भेट्रान्सका अध्यक्ष ओम गुरुङले प्रिन्स फिलिपको फोटोमा रिथ चढाएका थिए भने एसोसिएसनका सदस्यहरु सैन्य पोशाकमा पदकहरुसहित सहभागी भएका थिए ।
खुला पार्कमा भएको सो कार्यक्रमलाई करिब दुई सयको संख्यामा उपस्थित स्थानीय बासिन्दाहरुले पनि सामाजिक दुरी कायम गरी अवलोकन गरेका थिए ।
सो अवसरमा विगुलबाट अन्तिम सलामी दिनुका साथै प्रिन्स फिलिप प्रति १ मिनेट मौनधारण पनि गरिएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश