लन्डन — योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था, जीवन विज्ञान यूके, ले नेपाली नयाँ वर्षको अवसरमा यही शनिबार (अप्रिल १७ तारिख) देखि पाँचौं ‘स्वसंवाद विज्ञान कार्यक्रम’ आयोजना गर्न लागेको जनाएको छ।
जीवन विज्ञानका केन्द्रिय प्रशिक्षक गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले जूम मार्फत संचालन गर्ने उक्त कार्यक्रम अप्रिल १७ तारिख शनिबार देखि अप्रिल २५ तारिख, आइतबारसम्म संचालन हुने आयोजक संस्थाले जनाएको छ।
” स्वसंवाद आफैभित्रको “म” संग संवाद गर्ने विज्ञान हो,” जीवन विज्ञान युकेकी प्रशिक्षक सरिता शर्माले भनिन्। “नौ दिनसम्म सहभागीहरुले सबै दिन प्रवचन कक्षामा प्रयोग र अभ्यास साधना समेत गर्नु पर्ने छ ।” उनले युकेसाथै संसारभरिबाट सहभागीहरुले भाग लिन पाउने तर रजिस्ट्रेशन गर्न भने अनिवार्य रहेको बताइन्।
“श्रद्धेय गुरुहरु अत्यन्तै व्यस्त हुनुहुन्छ। तर युरोपका कतिपय मुलुकहरु अझै कोरोनाका कारण लकडाउनमै रहेको र यसबाट उत्पन्न तनाव तथा निराशालाई जीवनमा उत्साह, प्रेम र उर्जाको संचार गर्न सघाउन उहाँहरुले हामीलाई समय दिनु भएको हो। चांडो भन्दा चांडो सपरिवार दर्ता भएर लाभान्वित हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं,” उनले भनिन्।
स्वसंवाद विज्ञान कार्यक्रममा भाग लिनको लागि शुक्रबार १६ अप्रिल, युके समय ५ बजे भित्र निम्नलिखित फर्मको लिंकमा आफ्नो नाम दर्ता गर्नु पर्ने छ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeKGn29dpGjJ7KnJG-qoKl7hWeroNLrrNl7BfgQ5ub_wJGzrg/viewform
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश