लन्डन — योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था, जीवन विज्ञान यूके, ले नेपाली नयाँ वर्षको अवसरमा यही शनिबार (अप्रिल १७ तारिख) देखि पाँचौं ‘स्वसंवाद विज्ञान कार्यक्रम’ आयोजना गर्न लागेको जनाएको छ।
जीवन विज्ञानका केन्द्रिय प्रशिक्षक गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले जूम मार्फत संचालन गर्ने उक्त कार्यक्रम अप्रिल १७ तारिख शनिबार देखि अप्रिल २५ तारिख, आइतबारसम्म संचालन हुने आयोजक संस्थाले जनाएको छ।
” स्वसंवाद आफैभित्रको “म” संग संवाद गर्ने विज्ञान हो,” जीवन विज्ञान युकेकी प्रशिक्षक सरिता शर्माले भनिन्। “नौ दिनसम्म सहभागीहरुले सबै दिन प्रवचन कक्षामा प्रयोग र अभ्यास साधना समेत गर्नु पर्ने छ ।” उनले युकेसाथै संसारभरिबाट सहभागीहरुले भाग लिन पाउने तर रजिस्ट्रेशन गर्न भने अनिवार्य रहेको बताइन्।
“श्रद्धेय गुरुहरु अत्यन्तै व्यस्त हुनुहुन्छ। तर युरोपका कतिपय मुलुकहरु अझै कोरोनाका कारण लकडाउनमै रहेको र यसबाट उत्पन्न तनाव तथा निराशालाई जीवनमा उत्साह, प्रेम र उर्जाको संचार गर्न सघाउन उहाँहरुले हामीलाई समय दिनु भएको हो। चांडो भन्दा चांडो सपरिवार दर्ता भएर लाभान्वित हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं,” उनले भनिन्।
स्वसंवाद विज्ञान कार्यक्रममा भाग लिनको लागि शुक्रबार १६ अप्रिल, युके समय ५ बजे भित्र निम्नलिखित फर्मको लिंकमा आफ्नो नाम दर्ता गर्नु पर्ने छ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeKGn29dpGjJ7KnJG-qoKl7hWeroNLrrNl7BfgQ5ub_wJGzrg/viewform
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा