
लण्डन । बेलायतमा गोर्खा भूतपूर्व सैनिकका सन्तानहरुले विभिन्न क्षेत्रमा प्रगति गरिरहेको समाचार आइरहँदा अर्को महिनादेखि एक भूतपूर्व गोरखा सैनिकका छोराले आफ्नै ल फर्म सन्चालनमा ल्याउन लागेका छन् ।
गोरखा सोलिसिटर्स लिमिटेड नाम गरेको सो ल फर्म सोलिसिटर उत्तरमान तिगेला लिम्बूले सन्चालनमा ल्याउन लागेका हुन् ।
पूर्व गोरखा सैनिकका पुत्र तिगेला सो ल फर्मका संस्थापक तथा प्रिन्सिपल सोलिसिटर रहेका छन् । तिगेलाले सो फर्म सन्चालनका लागि सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) बाट अनुमति प्राप्त भइसकेको बताए । अहिले ल फर्मको कार्यालयका लागि स्थानको ब्यवस्थापन, कर्मचारीहरुको नियुक्ति र वेभसाइट निर्माण लगायतको कामहरु धमाधम भइरहेको पनि उनले बताए ।
सो ल फर्मको मुख्य कार्यालय हाउन्स्लो सेन्ट्रलमा रहने छ।
सो ल फर्मका संस्थापक तथा प्रिन्सिपल सोलिसिटर तिगेला नेपालमा पनि अधिवक्ता तथा नोटरी पब्लिक थिए । तत्पश्चात हङ्कङमा १० वर्ष एक्युट एण्ड कम्पनी लिमिटेडअन्तर्गत इमिग्रेसन एण्ड लिगल कन्सल्ट्याण्टका रुपमा काम गरेका थिए । सन २०११ मा बेलायत आएका तिगेलाले ब्रुनेल युनिभर्सिटी लण्डनबाट सन् २०१३ मा कानुनमा ग्राजुयट डिप्लोमा इन ल गरी युनिभर्सिटी अफ वेष्ट लण्डनबाट सन् २०१५ मा लिगल प्राक्टिस कोर्स उत्तीर्ण गरेका छन् ।
लण्डन हाउन्स्लोस्थित कोर्टनी स्मीथ सोलिसिटर्सबाट तालिम पूरा गरी सन् २०१७ देखि सोही ल फर्ममा सोलिसिटरका रुपमा उनी कार्यरत छन् ।
अध्यागमनका साथै परिवार, प्रोपर्टी कन्भेयान्सिङ र पर्सनल इन्जुरी लगायतका क्षेत्रमा तिगेला अभ्यासरत छन् ।
सन् २०१५ देखि शुरु भएको १८ वर्ष माथिका (अहिले आएर ३० वर्ष माथिका समेत) रिटायर्ड गोर्खा आर्मी तथा बिधवाहरुका बयस्क छोराछोरीहरुको युकेको बसोबास सम्बन्धी बेलायतको अदालतहरुमा मुद्दा दायर गरेर अहिलेसम्ममा सयौं गोर्खाका छोराछोरीहरुको मुद्दा जित्न सफल भएका छन् ।
तिगेलालाई फोन नम्बर ०७४ २९०१ ०९३३ र ईमेल [email protected] मा सम्पर्क गर्न सकिने छ ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा