हवाई टिकट ठगीमा संलग्न कुँवर एनआरएनएबाट निष्काशित


लण्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पोर्चुगलमा नक्कली हवाई टिकट बिक्री गरि नेपाली समुदायलाई ठगि गर्ने एनआरउनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । सङ्घको सचिबालय बैठकले पोर्चुगलका नेपालीहरुलाई नक्कली हवाई टिकट बिक्रि गर्ने कुँवरलाइ एनआरएनएबाट निष्कासन गरेको प्रवक्ता डिबि क्षेत्रीले जनाएका हुन ।
एनआरएनएमा संलग्न जिम्मेबार पदाधिकारीबाटै ठगिका घटना सार्वजनिक भएपछि संघ नेतृत्वले कडा कदम चालेको छ । संभवत एनआरएनएले साधारण सदस्य समेत नरहने गरी कारवाही गरि यति ठुलो कारवाही गवरेको यो पहिलो घटना हो। सचिवालय बैठकले नक्क्कली टिकट बिक्री गरि अलपत्र पारेका नेपालीहरुको रकम नेपाल वा पोर्चुगलबाट असुल उपर गर्न कानुनी कारबाही अघि बढाउने समेत निर्णय गरेको छ। घटनाको छानविन गर्न युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा युरोपका उप संयोजकहरु कृष्ण तिमल्सेना, मुक्ता गुरुङ र शुक्र न्यौपाने रहेको छानविन समिति समेत गठन गरेको संयोजक आचार्यले जानकारी दिए।
यसअघि नक्कलि हवाई टिकट बिक्री घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष कुँवरलाई पोर्तुगलको एनसीसीले पदबाट निलम्बन गरेको थियो।

पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा तत्कालिन एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बिक्री गरि ११ जनालाई अलपत्र पारेका थिए । हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको थियो।

गठिएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए । फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घरभई पोर्चुगल बस्दै आएका पीडित विजय धिमालले बताए ।

सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको थियो । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको दावी गर्दै आएका छन । पोर्चुगलस्थित नेपाली सङ्घ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री