लण्डन । ग्रीनवीच काउन्सिलले कोरोना महामारीका बेला समुदायलाई सेवा पुर्याउनेहरुमध्येबाट रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष जीत रानाभाटलाई ‘मेक ए डिफरेन्स हिरो’ को सम्मान दिएको छ ।
लण्डनका हरेक काउन्सिलबाट लकडाउनका बेला पुर्याएको सामाजिक योगदानका आधारमा सो सम्मान दिइएको हो ।
यसरी छनौटमा परेका मेक ए डिफरेन्स हिरोहरुलाई बीबीसी रेडियो लण्डनले अन्तर्वार्ता लिने गरेको र रानाभाटसित पनि अन्तर्वार्ता गरिसकेको छ ।
स्थानीय काउन्सिलको नोमिनेसन तथा बीबीसी जस्तो प्रतिष्ठित मिडियामा अन्तर्वार्ता गर्न पाउँदा कस्तो लाग्यो भन्ने प्रश्नमा रानाभाटले भने, ‘कहीँबाट सम्मान पाइएला भनेर काम गरेकाे थिइनँ तर समुदायमा गरेको कामको अभिलेख कसैले राखिराखेको हुँदोरैछ । गरेको कामको कदर हुनेरैछ ।’
अन्तर्वार्ताका क्रममा के के सोधियो भन्ने जिज्ञासामा उनले भने, ‘लकडाउनका अवधिमा के के सामाजिक कार्य गर्नुभयो, स्थानीय निकायले किन नोमिनेसन गर्यो लगायतका प्रश्न सोधियो ।’
रानाभाट एनआरएनए युकेका सचिव पनि हुन् । महामारीका बेला एनआरएनएले गठन गरेको हेल्पलाइनका उनी एक संयोजक रहेका थिए भने रोयल ग्रीनवीच नेपाली सोसाइटीबाट पनि राहत, खाद्यान्न, ओखती वितरण, खोप वितरण लगायतमा सक्रिय छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने