लण्डन । ग्रीनवीच काउन्सिलले कोरोना महामारीका बेला समुदायलाई सेवा पुर्याउनेहरुमध्येबाट रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष जीत रानाभाटलाई ‘मेक ए डिफरेन्स हिरो’ को सम्मान दिएको छ ।
लण्डनका हरेक काउन्सिलबाट लकडाउनका बेला पुर्याएको सामाजिक योगदानका आधारमा सो सम्मान दिइएको हो ।
यसरी छनौटमा परेका मेक ए डिफरेन्स हिरोहरुलाई बीबीसी रेडियो लण्डनले अन्तर्वार्ता लिने गरेको र रानाभाटसित पनि अन्तर्वार्ता गरिसकेको छ ।
स्थानीय काउन्सिलको नोमिनेसन तथा बीबीसी जस्तो प्रतिष्ठित मिडियामा अन्तर्वार्ता गर्न पाउँदा कस्तो लाग्यो भन्ने प्रश्नमा रानाभाटले भने, ‘कहीँबाट सम्मान पाइएला भनेर काम गरेकाे थिइनँ तर समुदायमा गरेको कामको अभिलेख कसैले राखिराखेको हुँदोरैछ । गरेको कामको कदर हुनेरैछ ।’
अन्तर्वार्ताका क्रममा के के सोधियो भन्ने जिज्ञासामा उनले भने, ‘लकडाउनका अवधिमा के के सामाजिक कार्य गर्नुभयो, स्थानीय निकायले किन नोमिनेसन गर्यो लगायतका प्रश्न सोधियो ।’
रानाभाट एनआरएनए युकेका सचिव पनि हुन् । महामारीका बेला एनआरएनएले गठन गरेको हेल्पलाइनका उनी एक संयोजक रहेका थिए भने रोयल ग्रीनवीच नेपाली सोसाइटीबाट पनि राहत, खाद्यान्न, ओखती वितरण, खोप वितरण लगायतमा सक्रिय छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]