क्याट युकेले भर्चुअल रुपमा नयाँ बर्ष शुभकामना तथा च्यारिटी सॅागितिक सॅाझ गर्ने


लण्डन । चितवन एड ट्रस्ट (क्याट) युकेले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा भर्चुअल शुभकामनासहित च्यारिटि सांगितिक साँझ गर्ने भएको छ । गत ४ अप्रिलमा अध्यक्ष जिवन सेनको अध्यक्षमा बसेको बैठकले भर्चुअल च्यारिटि गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी ४ जुलाईमा संस्थाको ९ औं अधिवेशन साउथ इस्ट लण्डनमा गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि अध्यक्ष सेनलाई संयोजक समेत तोकेको छ । बैठकले संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पुर्व अध्यक्ष राजेन्द्र खरेल, निवर्तमान अध्यक्ष देवेन्द्र श्रेष्ठ, पुर्व उपाघ्यक्षहरू टिका पौडेल र कृष्ण तिवारी सहितको ५ सदस्यीय निर्वाचन मण्डलको पनि चयन गरेको छ । निर्वाचन मण्डल मध्ये पुर्व अध्यक्ष राजेन्द्र खरेललाई निर्वाचन आयुक्तको जिम्मेवारी दिएको जानकारी क्याटका महासचिव तोयनाथ रिजाल (टिएन)ले बताए ।
बैठकले नेपाली नयॅा बर्ष २०७८ को उपलक्ष्यमा गरिने शुभकामना आदान प्रदान कार्यक्रमबाट उठेको रकम चितवनमा निर्माणधीन “अपांग मैत्री पुस्तकालय”का लागि खर्च गर्ने निर्णय गरेको छ । उक्त भर्चुअल शुभकामना सॅाझमा बिश्वभरका चितवनवासीहरूलाई समेट्ने अध्यक्ष सेन बताए । उक्त “अपांग मैत्री पुस्तकालय”को आर्थिक सहयोग संकलनको जिम्मा क्याट युके च्यारिटि अफिसर राजेन्द्र सुवेदीलाई संयोजनको जिम्मेवारी तोकिएको छ । उनले आवश्यकताअनुसार कमिटीलाई बिस्तार गर्न सक्ने अधिकार समेत दिइएको छ । बैठकले क्याटले गर्न लागेको परोपकारी कार्यक्रममा आफुले सकेको सहयोग गर्नु हुन आव्हान गरिएको छ ।
शैक्षिक तथा खेलकुद सामग्री सम्पन्न भवन निर्माण
यसैवीच, नेपाल जर्नि संस्थाले भरतपुर महानगरपालिकाले उपलव्ध गराएको जग्गामा करिब ३ करोडको लगानीमा शैक्षिक सामग्री, शारीरिक अभ्यासका सामग्रीहरू समेतको ब्यबस्था भएको सुबिधा सम्पन्न भबन निर्माण गर्न लागेको छ । बेलायतका लागि संस्थाका प्रोजेक्ट कोअर्डिन्टर एबम क्याट युकेका सल्लाहकार यादब श्रेष्ठसहित राजु आचार्य, बिष्णु लामिछाने , खिम गौतमले सो परियोजनाको लागि समन्वय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री