
लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली समुदायहरुको साझा चौतारीका रुपमा रहेको सामाजिक प्लेटफर्म ‘बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ फेसबुकले विना सुचना आकस्मिक रुपमा बन्द गरिदिएको छ । नेपाली समुदायका स्थानीय सूचनाहरु आदानप्रदान गर्ने साझा प्लेटफर्मका रुपमा रहेको उक्त ग्रुप बन्द गरिदिएको एडमिन रहेका शिव पराजुलीले जनाएका हुन ।
गत मंगलबार बेलुकादेखि एकाएक फेसबुकले हटाएपछि पराजुलीले चिन्ता व्यक्त गरे । ,नेपाली समुदायका साँझा प्लेटफर्मका रुपमा फेसबुकमा रहेको ग्रुपलाई विना जानकारी हटाएकोमा आश्चर्यमा परेको छु, उनले भने, हाम्रो साझा चौतारीलाई किन यसरी हटाइयो । अहिले सम्म फेसबुकले जवाफ दिएको छैन ।
८ वर्ष अघि संचालनमा ल्याइएको उक्त ग्रुपमा बेलायतबासी २७ हजार नेपाली जोडिएका थिए । दैनीक एक सय बढि सदस्यले विभिन्न सूचना र जानकारीसहितका पोस्टहरु राख्थे, कतिपयले सूचना खोज्दै पोस्टहरु गर्थे । सान्दर्भिक पोस्टहरु मात्रै एड्मिनले एप्रुभ गर्थे र सबै मेम्बरहरुमाझ पुर्याउँथे ।
ग्रुप बन्द भएपछि उक्त ग्रुपका सदस्यहरुले जिज्ञासा राखेको एड्मिन पराजुलीले बताए ।
पराजुलीले फेरी ल्याए नयाँ ग्रुप
२७ हजार सदस्यहरु रहेको साझा प्लेटफर्म हराएपछि एड्मिन पराजुलीले सोहि नामको अर्को फेसबुक ग्रुप सञ्चालनमा ल्याइसकेका छन् ।’ बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ नामको नयाँ ग्रुपमा जोडिन उनले बेलायतवासी नेपाली समुदायहरुलाई अनुरोध गरेका छन ।
‘नयाँ ग्रुपमा जोडिनुहुन म सबैलाई आग्रह गर्दछु । पहिलाको ग्रुपमा जस्तै जानकारी र सूचनाहरु यो नयाँ ग्रुपबाट लिन वा शेयर गर्न सक्नुहुनेछ । हामी पुरानो ग्रुपबारे पनि बुझ्ने र सुचारु गराउने हरसम्भव कोशिस जारी राख्नेछौं’ , पराजुलीले भने ।
पुरानै ग्रुपका एड्मिनमा रहेका पराजुलीले सञ्चालनमा ल्याएको ग्रुप बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु को लिंकमा जान यहाँ क्लिक बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु गरेर ग्रुपमा जोडिन सकिनेछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश