काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले राजकुमार फिलिपले मानवताका लागि गर्नुभएको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताउनु भएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान