लण्डन । इङल्याण्डमा शुक्रबारदेखि साताको दुईपटक कोभिड-१९ को जाँच गरिने भएको छ ।
र्यापिड टेष्टममार्फत गरिने यस्तो जाँच काम गर्ने स्थलमा, घरमबाटै काम गर्ने भए घरमै टेष्ट किट मगाएर वा अरुको हकमा घरमै पोष्टबाट किट मगाएर गर्न सकिने हुन्छ ।
सरकारले कोभिड १९ विरुद्धको खोपमा जोड दिँदै त्यसको साथसाथमा जाँचमा पनि प्रभावकारिता कायम गर्न सके जनजीवन सहज बनाउन सकिने आशा व्यक्त गरेको छ । सरकारको पूर्व घोषित लकडाउनलाई खुला गर्दै जाने योजनामा परिपूरकको भूमिकाका लागि नयाँ योजना ल्याइएको बताइएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले हरेक तीन जनामा एक जनालाई लक्षण बिनानै कोरोना भाइरसको संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न सरकारको यस योजना कामयावी हुने आशा व्यक्त गरेका छन् ।
सरकारले यही अप्रिल १२ तारिखदेखि अत्यावश्यक बाहेकका पसलहरु खोल्न दिने योजना बनाएको छ । त्यसबाट भाइरस फैलनसक्ने खतरालाई दृष्टीगत गरी यो योजना ल्याइएको हो ।
नयाँ योजनाअनुसार सरकारले घरबाटै जाँचको सामग्री अर्डर गर्न सक्ने, कार्यथलोमा जाँच गर्ने, स्थानिय निकायहरुद्वारा कम्युनिटीमा जाँच गर्ने, स्कुल तथा कलेजहरुमा जाँच गर्ने छ । यसका साथै फार्मेसीहरुमा पनि जाँच गर्न सकिने छ । यसैगरी स्थानीय केन्द्रहरुबाट जाँच गर्ने सामग्री घर लैजान समेत पाइने छ ।
यसअघि नै विद्यालय र कतिपय कार्यस्थलमा यस्ता जाँच भइरहेका छन् ।
यसरी जाँच गर्दा पोजिटिभ देखिएमा घरपरिवारका सबैलाई आइसोलेसनमा बस्न भनिएको छ भने उनीहरुले पुन:निश्चित हुनाका लागि पीसीआर टेष्ट किट पनि मगाउन सक्नेछन् ।
अर्को जाँचमा नेगेटिभ आउनासाथ वा आइसोलेसनको अवधि सकिएपछि उनीहरु फेरि सामान्य जीवनमा आउन पाउनेछन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’