इङल्याण्डमा शुक्रबारदेखि साताको दुईपटक कोभिड १९ जाँच

लण्डन । इङल्याण्डमा शुक्रबारदेखि साताको दुईपटक कोभिड-१९ को जाँच गरिने भएको छ ।

र्यापिड टेष्टममार्फत गरिने यस्तो जाँच काम गर्ने स्थलमा, घरमबाटै काम गर्ने भए घरमै टेष्ट किट मगाएर वा अरुको हकमा घरमै पोष्टबाट किट मगाएर गर्न सकिने हुन्छ ।

सरकारले कोभिड १९ विरुद्धको खोपमा जोड दिँदै त्यसको साथसाथमा जाँचमा पनि प्रभावकारिता कायम गर्न सके जनजीवन सहज बनाउन सकिने आशा व्यक्त गरेको छ । सरकारको पूर्व घोषित लकडाउनलाई खुला गर्दै जाने योजनामा परिपूरकको भूमिकाका लागि नयाँ योजना ल्याइएको बताइएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले हरेक तीन जनामा एक जनालाई लक्षण बिनानै कोरोना भाइरसको संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न सरकारको यस योजना कामयावी हुने आशा व्यक्त गरेका छन् ।

सरकारले यही अप्रिल १२ तारिखदेखि अत्यावश्यक बाहेकका पसलहरु खोल्न दिने योजना बनाएको छ । त्यसबाट भाइरस फैलनसक्ने खतरालाई दृष्टीगत गरी यो योजना ल्याइएको हो ।

नयाँ योजनाअनुसार सरकारले घरबाटै जाँचको सामग्री अर्डर गर्न सक्ने, कार्यथलोमा जाँच गर्ने, स्थानिय निकायहरुद्वारा कम्युनिटीमा जाँच गर्ने, स्कुल तथा कलेजहरुमा जाँच गर्ने छ । यसका साथै फार्मेसीहरुमा पनि जाँच गर्न सकिने छ । यसैगरी स्थानीय केन्द्रहरुबाट जाँच गर्ने सामग्री घर लैजान समेत पाइने छ ।

यसअघि नै विद्यालय र कतिपय कार्यस्थलमा यस्ता जाँच भइरहेका छन् ।

यसरी जाँच गर्दा पोजिटिभ देखिएमा घरपरिवारका सबैलाई आइसोलेसनमा बस्न भनिएको छ भने उनीहरुले पुन:निश्चित हुनाका लागि पीसीआर टेष्ट किट पनि मगाउन सक्नेछन् ।

अर्को जाँचमा नेगेटिभ आउनासाथ वा आइसोलेसनको अवधि सकिएपछि उनीहरु फेरि सामान्य जीवनमा आउन पाउनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री