लन्डन । लण्डनको दक्षिण पुर्बमा बसोबास गर्ने नेपालीहरुको संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) को अध्यक्ष जीत रानाभाटसहित कार्यसमिति नै निर्विरोध छानिएको छ ।
आगामी नेतृत्वका लागि निर्वाचन गर्ने तयारीमा रहेको आरजीएनएसको सबै पदहरुमा विधान अनुसार नै उम्मेदवारी परेपछि अध्यक्ष पदमा रानाभाटलगायत सबै निर्विरोध भएका हुन् ।
रानाभाट आरजीएनएसको पुर्व उपाध्यक्ष हुन । उनी गैरआवासीय नेपाली संघ बेलायतमा पनि अहिले सचिव छन् । निर्वाचन समितिले बिहीबार दिउँसो प्रकाशित गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षसंगै १५ सदस्यीय कार्यसमिति निर्विरोध छानिएको छ । कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी, महासचिव मञ्जु भण्डारी छानिएकी छिन । यसअघि गुरुङ उपाध्यक्ष थिइन भने भण्डारी महासचिव थिइन ।
सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा छन् । सदस्यहरुमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी परेको थियो । वाँकी चार सदस्य पदहरु पछि मनोनित गरिने छ ।
आगामी आइतबार
जुम मार्फत भर्चुअल रुपमा गरिने चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । संस्थाका वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल हुने कार्यक्रम छ । नयाँ कार्यसमितिको निर्वाचन कर्ण शाहीको संयोजकत्व, राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य छन् भने फडिन्द्र भट्टराई सदस्यसचिव छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]