लण्डन । बेलायतमा गत २१ मार्चमा भएको जनगणनामा नेपालीहरु उत्साहजनक सहभागी भएका छन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतभरका नेपालीहरुले जनगणनामा उत्साहजनक सहभागीता रहेको जनाएको हो ।
परिषद्ले अधिक नेपालीहरुलाई बेलायतको जनगणनामा सहभागी गराउन व्यापक रुपमा स्वयंसेवक परिचालन गरेको थियो । बिभिन्न संघसस्थाहरु संग स्थानीय तहमा मिलेर अभियान चलाएको परिषद्लाईजनगणना अभियानमा नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेका डा. कृष्ण अधिकारी, नरेश खपांगी मगर र बेलायत सरकारको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का कम्युनिटी सल्लाहकारहरू समीर गुरूङ तथा मैयाँ केसी डंगोलले निरन्तर योगदान दिएका थिए।
त्यसवाहेक इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले ११ वटा बिभिन्न उपसमिति गठन गरि समुदाय स्तरमै जनगणनाको अभियानलाई तीव्र बनाएको थियो । उक्त जनगणना अभियानको समापन आइतबार औपचारिक रुपमा हुनेछ ।
यसैवीच, इंग्ल्याण्ड राज्य समन्वय परिषद्, जीगेसा, साउथ इस्ट क्षेत्रीय तमु धिं लण्डनले संयुक्त रुपमा जनगणनाका सम्बन्धी कार्यक्रम गरेका थिए । जिगेसा अध्यक्ष ओमप्रसाद गुरुङ र तमु धिं लण्डन का हिराप्रसाद गुरुङ संयुक्त कोअर्डिनेसनमा काम भैरहेको थियो । तमु धिं लण्डन इकाईले फोन मार्फत करीब १ हजार भन्दा बढी नेपालीहरुलाई जनगणना फारम भर्न सहयोग गरेको जनगणना कोअर्डिनेटर श्रीचन्द्र गुरुङले बताए । लण्डन इकाइले अहिले पनि जनगणना फारम भर्न सहयोग गरिरहेको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त