लण्डन । बेलायतमा गत २१ मार्चमा भएको जनगणनामा नेपालीहरु उत्साहजनक सहभागी भएका छन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतभरका नेपालीहरुले जनगणनामा उत्साहजनक सहभागीता रहेको जनाएको हो ।
परिषद्ले अधिक नेपालीहरुलाई बेलायतको जनगणनामा सहभागी गराउन व्यापक रुपमा स्वयंसेवक परिचालन गरेको थियो । बिभिन्न संघसस्थाहरु संग स्थानीय तहमा मिलेर अभियान चलाएको परिषद्लाईजनगणना अभियानमा नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेका डा. कृष्ण अधिकारी, नरेश खपांगी मगर र बेलायत सरकारको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का कम्युनिटी सल्लाहकारहरू समीर गुरूङ तथा मैयाँ केसी डंगोलले निरन्तर योगदान दिएका थिए।
त्यसवाहेक इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले ११ वटा बिभिन्न उपसमिति गठन गरि समुदाय स्तरमै जनगणनाको अभियानलाई तीव्र बनाएको थियो । उक्त जनगणना अभियानको समापन आइतबार औपचारिक रुपमा हुनेछ ।
यसैवीच, इंग्ल्याण्ड राज्य समन्वय परिषद्, जीगेसा, साउथ इस्ट क्षेत्रीय तमु धिं लण्डनले संयुक्त रुपमा जनगणनाका सम्बन्धी कार्यक्रम गरेका थिए । जिगेसा अध्यक्ष ओमप्रसाद गुरुङ र तमु धिं लण्डन का हिराप्रसाद गुरुङ संयुक्त कोअर्डिनेसनमा काम भैरहेको थियो । तमु धिं लण्डन इकाईले फोन मार्फत करीब १ हजार भन्दा बढी नेपालीहरुलाई जनगणना फारम भर्न सहयोग गरेको जनगणना कोअर्डिनेटर श्रीचन्द्र गुरुङले बताए । लण्डन इकाइले अहिले पनि जनगणना फारम भर्न सहयोग गरिरहेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश