लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्वाचित भएका छन् ।
शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।
यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् ।
शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।
अधिवेसनका लागि केन्द्रीय समितिबाट बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा केन्द्रीय प्रतिनिधि तोकिएका थिए ।
नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा. उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
शाखामा ५९ सदस्य रहेका छन् ।
शाखाको चौथाे अधिवेसनको उद्घाटन फेब्रुअरी २० मा भएको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त