लण्डन । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र अर्थ आवरको अवसरमा बृहत इको गीत तथा साहित्य सिर्जना वाचन कार्यक्रम गर्ने भएको छ । महासङ्घले पाँचौ स्थापना दिवसका अवसरमा वातावरण साहित्यलाई प्रबद्र्धन गर्न इको गीत सिर्जना वाचन कार्यक्रम राखेको हो ।
साहित्यमा पर्यावरणको मुद्दालाई प्राथमिकतामा राख्न विनेसाम यूकेले अर्थ आवर दिवसका दिन इको गीत वाचन तथा गायन कार्यक्रम राखेको अध्यक्ष विजय हितानले जानकारी दिए । ‘अर्थ आवर र पाँचौ स्थापना दिवसका दिन साहित्यकारहरू भेला भएर इको गीतहरू प्रस्तुत गर्दैछन्,’ उनले भने, ‘अहिलेसम्म अढाई दर्जन बढी सर्जकहरू सहभागी हुने तय भइसकेको छ ।’ कार्यक्रममा वातावरण संरक्षणको विषयवस्तु बनाएर लेखिएका गीतहरूसँगै अन्य सिर्जनाहरू पनि सामेल हुने उनले बताए । अध्यक्ष हितानका अनुसार कार्यक्रममा विनेसामबाहेका यूकेका आधा दर्जन बढी साहित्यिक संस्थाहरू पनि सहभागी हुँदै छन् । कार्यक्रम महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यतामा हुनेछ ।
विनेसाम साउथ यूकेको स्थापना अर्थ आवरका अवसरमा सन् २०१६ मा आसफोर्डमा भएको थियो । वातावरणविद् समेत रहेका साहित्यकार हितानको पहलमा यूकेमा सन् २००९ देखि अर्थ आवर मनाउँदै आएको सचिव अमित थेवेले जनाए ।
अर्थ आवर विश्व प्रकृति संरक्षण कोष (डब्लूडब्लूएफ)को पहलमा सुरु भएको विश्वव्यापी वातावरण संरक्षणकारी अभियान हो । जुन अष्टे«लियाको सिड्नी शहरबाट सुरु भएको थियो । अर्थ आवर प्रत्येक वर्षको मार्च महिनाको अन्त्यमा मनाइन्छ । जलवायु परिवर्तनका प्रभावहरूबारे जागरण पैmलाउन यस वर्ष पनि मार्च २७ गते शनिबार सालिन्दाभैmँ बेलुकी साढे आठ बजेदेखि एक घण्टा बत्ती निभाएर वातावरण संरक्षणका लागि करोडौँ मानिसहरूले ऐक्यबद्धता जनाउँदै छन् । यूकेका सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक विनेसाम यूकेले वातावरण साहित्य, युद्ध साहित्य र मातृभाषा साहित्यलाई आफ्नो प्राथमिकताका कार्यक्रमहरूभित्र राखेको सचिव थेवेले बताए । महासङ्घको हाल विश्वभर २० वटा मुलुकहरूमा २८ शाखाहरू छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त