लण्डन । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र अर्थ आवरको अवसरमा बृहत इको गीत तथा साहित्य सिर्जना वाचन कार्यक्रम गर्ने भएको छ । महासङ्घले पाँचौ स्थापना दिवसका अवसरमा वातावरण साहित्यलाई प्रबद्र्धन गर्न इको गीत सिर्जना वाचन कार्यक्रम राखेको हो ।
साहित्यमा पर्यावरणको मुद्दालाई प्राथमिकतामा राख्न विनेसाम यूकेले अर्थ आवर दिवसका दिन इको गीत वाचन तथा गायन कार्यक्रम राखेको अध्यक्ष विजय हितानले जानकारी दिए । ‘अर्थ आवर र पाँचौ स्थापना दिवसका दिन साहित्यकारहरू भेला भएर इको गीतहरू प्रस्तुत गर्दैछन्,’ उनले भने, ‘अहिलेसम्म अढाई दर्जन बढी सर्जकहरू सहभागी हुने तय भइसकेको छ ।’ कार्यक्रममा वातावरण संरक्षणको विषयवस्तु बनाएर लेखिएका गीतहरूसँगै अन्य सिर्जनाहरू पनि सामेल हुने उनले बताए । अध्यक्ष हितानका अनुसार कार्यक्रममा विनेसामबाहेका यूकेका आधा दर्जन बढी साहित्यिक संस्थाहरू पनि सहभागी हुँदै छन् । कार्यक्रम महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यतामा हुनेछ ।
विनेसाम साउथ यूकेको स्थापना अर्थ आवरका अवसरमा सन् २०१६ मा आसफोर्डमा भएको थियो । वातावरणविद् समेत रहेका साहित्यकार हितानको पहलमा यूकेमा सन् २००९ देखि अर्थ आवर मनाउँदै आएको सचिव अमित थेवेले जनाए ।
अर्थ आवर विश्व प्रकृति संरक्षण कोष (डब्लूडब्लूएफ)को पहलमा सुरु भएको विश्वव्यापी वातावरण संरक्षणकारी अभियान हो । जुन अष्टे«लियाको सिड्नी शहरबाट सुरु भएको थियो । अर्थ आवर प्रत्येक वर्षको मार्च महिनाको अन्त्यमा मनाइन्छ । जलवायु परिवर्तनका प्रभावहरूबारे जागरण पैmलाउन यस वर्ष पनि मार्च २७ गते शनिबार सालिन्दाभैmँ बेलुकी साढे आठ बजेदेखि एक घण्टा बत्ती निभाएर वातावरण संरक्षणका लागि करोडौँ मानिसहरूले ऐक्यबद्धता जनाउँदै छन् । यूकेका सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक विनेसाम यूकेले वातावरण साहित्य, युद्ध साहित्य र मातृभाषा साहित्यलाई आफ्नो प्राथमिकताका कार्यक्रमहरूभित्र राखेको सचिव थेवेले बताए । महासङ्घको हाल विश्वभर २० वटा मुलुकहरूमा २८ शाखाहरू छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश