लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको नयाँ सदस्यताका लागि आवेदन अप्रिल १ देखि शुरु हुने भएको छ ।
कार्यसमितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।
सदस्यता शुल्क १० पाउण्ड कायम गरिएको छ भने सदस्यता शुल्क संघको खातामा अनलाइन कारोबार मार्फत हुनु पर्नेछ । यस्तै, सदस्यता आह्वान एनआरएनए केन्द्रको सदस्यता प्रणालीअनुसार गरिनेछ । यसबाट पहिले जस्तो बोरा बोरामा सदस्यता ल्याउने प्रवृत्ति कम हुने अपेक्षा गरिएको छ ।
बैठकले एनआरएनए युकेमा आर्थिक अनियमितता भएको बारेमा अध्ययन गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई ग्रहण गर्दै आवश्यक अध्ययनपछि संघले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।
संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको सो बैठकमा आइसिसीका महासचिव डा. हेमराज शर्मा, आईसीसी सस्यहरु रामशरण सिंखडा, शुसिला राई , दयानिधी सापकोटा, अर्कराज तिम्सेना, योगकुमार फगामी, सुरोज मास्केको पनि उपस्थिति रहेको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश