लण्डन । कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न बेलायत सरकारले चित्तबुझ्दो कारण बिना विदेश यात्रा गरेको खण्डमा ५ हजार पाउण्ड जरिवाना गर्ने प्रस्ताव गरेको छ ।
सरकारले तयार गरेको सो प्रस्तावमाथि यही विहीबार संसदमा मतदान हुने र अर्को सातादेखि कार्यान्वयनमा आउने छ ।
सरकारले घरमै बस्नु भनेर दिएको निर्देशन यही सोमबार सकिन लागेको अवस्थामा विदेश यात्रालाई निरुत्साहन गर्न नयाँ नियम ल्याउन लागिएको हो ।
बेलायतबाट अध्ययन, काम र उपचारबाहेक विदा मनाउन विदेश जान अहिले निषेध गरिएको छ भने अन्य मुलुकहरुबाट पनि पर्यटकहरुलाई बेलायत आउन बन्द गरिएको छ । बेलायती नागरिक वा बेलायतमा बसोबासरत व्यक्तिहरुका लागि पनि बेलायत प्रवेशमा कडा प्रावधानहरु राखिएका छन् ।
बेलायतमा समर आउँदै गरेको र सरकारले लकडाउन खुलाउन शुरु गर्दै गरेको अवस्थामा नागरिकहरुलाई विदेश यात्रामा कडाइ गरिएको छ । सरकारको पूर्व घोषित तालिकाअनुसार भयो भने १७ मेमा पहिलो पटक इङल्याण्डका बासिन्दाले विदेश यात्रामा जान पाउने छन् । तर युरोप लगायतका मुलुकहरुमा पुन संक्रमण फैलँदै गएकाले यसै भन्ने अवस्थामा भने छैन ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरसको आयात र नयाँ नयाँ भेरियन्टका कारण खोप कार्यक्रमलाई जोखिममा पार्नसक्ने भएकाले विदेश यात्रामा कडाइ गर्न परेको बताएका छन् । सरकारको सो कार्यलाई प्रमुख प्रतिपक्षी दल लेबोरले पनि समर्थन गरेको छ ।
सरकारको यो नियम बेलायतका विभिन्न आइल्याण्डहरु र आयरल्याण्डमा यात्रा गर्नका लागि भने लागू हुने छैन ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त