लन्डन । बेलायतबाट गण्डकी प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङलाई भर्चुअल रुपमा सम्मान गरिएको छ । गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा गर्न एक मंच समेत गठन गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत आयोजित सम्मान समारोहमा बेलायतस्थित समाज अभियन्ता मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके’ घोषणा गरिएको हो । उक्त मंचले प्रदेशमा खेलकुदको विकासमा सघाउने छ ।
पूर्व राष्ट्रिय खेलाडी तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको संयोजनमा संघसंस्थाको प्रतिनिधित्व रहनेछ । सदस्य सचिव गुरुङको सम्मान गर्दै समाजका अगुवाहरुले कार्यकाल सफलताको शुभकामना समेत दिए । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले कार्यकालको शुभकामना व्यक्त गरे । उनले गण्डकी प्रदेशले अनुभव भएका व्यक्ति खेलकुदमा पाएकोमा प्रसंसा गरे । पन्तले विदेशमा जन्मिएका नयाँ पुस्तालाई मातृभूमितर्फ आकर्षित गर्न एनआरएनएले नेपालको खेल विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सम्मानपछि सदस्य सचिव तेजबहादुर गुरुङले आफूले पाएको महत्वपूर्ण जिम्मेवारीलाई खेलकुदको क्षेत्रको विकासमा देखाउने प्रतिवद्धता जनाए । उनले सम्मानले जिम्मेवारी बढाएको बताए । सदस्य सचिव गुरुङले पहाडी भेगमा खेलिने मौलिक खेल छेलो र तारो धनुष हान्ने खेल प्रवर्धनका लागि बजेट निकासा भइसकेको पनि जानकारी दिए । गण्डकी प्रदेशको खेल विकासमा गैर आवासीय नेपाली संघबाट धेरै अपेक्षा राखेको बताउंदै उनले आफू सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । सम्मानअघि स्वागत मन्तव्य राख्दै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा रहेको बताए।
एनआरएनए आइसीसी महासचिव डा. हेमराज शर्मा, एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ, अन्तर्राष्ट्रिय बाग्लुङ समाज उपाध्यक्ष कृष्ण शर्मा, अन्तरराष्ट्रिय कास्की आदर्श समाज अध्यक्ष गोविन्द पौडेल, अन्तरराष्ट्रिय पर्वत समाज अध्यक्ष पुरन गिरी, सहारा यूके संस्थापक नवीन गुरुङ, बुद्धिजिवी एवं पूर्व प्रधानाध्यापकद्धय एकेन्द्र गुरुङ र महेश गुरुङ र तमुधिं यूके सल्लाहकार डा चन्द्रबहादुर गुरुङले शुभकामना मन्तव्य दिए र
त्यस्तै, वगर माइखलक यूके अध्यक्ष चन्द्रमान गुरुङ, पोखरा रामबजार समाज यूकेका पहलमान गुरुङ, पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, हङकङ नेपाली मञ्च यूके अध्यक्ष ह्यारी गुरुङ, घोताने समाज यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, स्याङजा समाज यूके अध्यक्ष शारदा गुरुङ, लमजुङ समाज यूके अध्यक्ष विश्वजंग गुरुङ, गोरखाली समाज यूके उपाध्यक्ष हेम गुरुङ, तनहुं समाज यूके अध्यक्ष लेख गुरुङ, तमुधि यूके आमा समूह महासचिव यशोधा गुरुङ, मोना यूके एवं एनआरएनए यूके पूर्व अध्यक्ष योग फगामी, प्रवासी नेपाली मञ्च यूके उपाध्यक्ष रमेश बास्तोला, सहारा यूके पूर्व अध्यक्ष मीनबहादुर गुरुङ, सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङ, ज्येष्ठ नागरिक नन्दकुमारी गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिए ।
त्यसैगरी, पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईले गण्डकी प्रदेशका सदस्यसचिव गुरुङको प्रोफाइल र पृष्ठभूमि समेटेर प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रमको अध्यक्षता मीनप्रसाद तमुले गरेका थिए । कार्यक्रमको सञ्चालन एनआरएनए आइसीसी सदस्य भक्त गुरुङले गरेका थिए ।

नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त