लण्डन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीका प्रवासस्थित समितिहरुलाई निर्देशन दिएका छन् ।
जुममा आयोजित बैठकमा पोखरेलले नेपालको नयाँ राजनीतिक अवस्थाका बारेमा जानकारी दिँदै प्रवासस्थित पार्टी समितिहरुले खेल्नपर्ने भूमिकाका बारेमा निर्देशन दिएका थिए ।
प्रवासी नेपाली एकता मन्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता, बेलायतका अध्यक्ष भक्त गुरुङले सन्चालन गरेको सो कार्यक्रममा हङकङका अध्यक्ष भक्त गुरुङ स्वागत मन्तब्य व्यक्त गरेका थिए कतारका अध्यक्ष चानक पोखरेलले धन्यबाद ज्ञापन गरेका थिए ।
मन्तब्यका क्रममा पोखरेलले विद्यमान संसदबाट राजनीतिक निकास नहुने निष्कर्षका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बिघटन गरी मध्यावधि निर्वाचनमा जाने निर्णय संबैधानिक रूपमा गलत ठहर गरितापनि एक महिना बितिसक्दा समेत प्रतिनिधि सभा अनिर्णयको बन्दी बन्नुले राजनीतिक रूपमा सही थियो भन्ने प्रमाणित भएको बताए । संसदभित्र रहेका अन्य दलहरुमा सहमति भई के पी ओलीको सरकारलाई विस्थापन गराएमा आफूहरु प्रतिपक्षमा रहेर पार्टीलाई शुद्धिकरण र सुदृढीकरणको माध्यमबाट सशक्त बनाउन लाग्ने योजना उनले सुनाए ।
प्रवासमा रहेका पार्टीका समर्थक र शुभेच्छुकहरूलाई एकतावद्ध गर्दै नेपाली राजनीतिको मूलधार नेकपा एमालेले लिएको विकास र देशभक्तिको अभियानमा सामेल हुन अभिप्रेरित गर्न तथा विदेशमा रहेर आर्जन गरेको बौद्धिक ज्ञान, सीप र आर्थिक श्रोतलाई देश विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने योजनासहितका प्रस्तावहरू तयार गरी नेपाल सरकारलाई उपलब्ध गराउन समेत उनले आह्वान गरे ।
सो कार्यक्रमपश्चात बसेको प्रवासी नेपाली एकता मन्च बेलायतको प्रचार विभागको बैठकमा मन्चका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पूर्व अध्यक्ष तथा महासचिवको सहभागिता रहेको थियो । बैठकमा विभागका प्रमुख तुङ्गभद्र भुषाल लगायत अधिकांश सदस्यहरूको उपस्थिति रह्यो । बैठकले प्रचार प्रसारलाई ब्यवस्थित गर्ने उद्देश्यले वेभसाइट, फेसबुक, युट्युब लाई क्रियाशील गराउनुका साथै अर्धवार्षिक रुपमा डायस्पोरा पोर्टल पनि प्रकाशन गर्ने निर्णय गरेको छ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त