केन्ट । ड्यारेन भ्याली अस्पताल र फ्रन्ट लाइन एनएचएस स्टाफहरुले डार्टफोर्ड नेपाली समाज (डिएनसी) लाई सम्मानका लागि धन्यवाद दिएका छन । डिएनसीले कोरोना महामारीका बेला मानव जीवन जोगाउन स्वास्थ्यकर्मीले खेलेको भुमिकाको सांकेतिक रुपमा सम्मान स्वरुप मंगलबार २ सय ५ लंच बक्स वितरण गरेपछि धन्यवाद पाएको हो ।
ड्यारेन भ्याली अस्पतालका कर्मचारीले गोर्खा क्वललाई पनि मिठो खानाका लागि समेत विशेष धन्यवाद दिए । गोर्खा क्लवको उत्कष्ट खानाको प्रसंसा गर्दै एनएचएस कर्मचारीहरुलाई गर्नु भएको माया र सम्मानले खुसी तुल्याएको जवाफ अस्पतालबाट पाएको डिएनसीका अध्यक्ष गजेन कटवालले बताए । उनले यस्तो पुनित कार्यमा सघाउने सम्पूर्ण डार्टफोर्डबासि नेपाली समुदायप्रति र ‘वेल बिइङ टीम’ प्रति आभार प्रकट गरे । ‘कुनै नाफा नराखी लागत मुल्यमा खाना तयारी गरि दिने गोर्खा क्लब परिवारका मनिष श्रेष्ठसहित वहाँको टिम तथा सम्पूर्ण आन्तरिक बितरणको व्यवस्था गरिदिने माडेलेनिन एंडरसनको स्वयम्सेवक टिमप्रति धन्यवाद दिन्छु’, उनले भने ।
अस्पतालमा लन्च बक्स वितरणका लागि अध्यक्ष कटवाल, महासचिव लेखनाथ खरेल, सास्कृतिक संयोजक सुनिता थापा र कोषाध्यक्ष हरि हड्खलेसहितको टोली पुगेको थियो । गोर्खा क्वलका तर्फबाट स्वयंसेवक पासा पुच: गुठी युकेको पुर्व अध्यक्ष कुमार श्रेष्ठ र समाजसेवी सिम्मी पुनसहितको टोलीले खाना हस्तान्तरण गरेको थियो । समाजिक दुरी कायम गरि सवै काम गरेको डिएनसीले जनायो । यसअघि डिएनसीले आफ्ना सदस्यहरु सँग एनएचएसको सम्मान स्वरुप सांकेतिक रुपमा लन्च बक्स वितरणका लागि ऐच्छिक रुपमा आर्थिक सहयोग संकलन गरेको थियो ।


६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त