केन्ट । ड्यारेन भ्याली अस्पताल र फ्रन्ट लाइन एनएचएस स्टाफहरुले डार्टफोर्ड नेपाली समाज (डिएनसी) लाई सम्मानका लागि धन्यवाद दिएका छन । डिएनसीले कोरोना महामारीका बेला मानव जीवन जोगाउन स्वास्थ्यकर्मीले खेलेको भुमिकाको सांकेतिक रुपमा सम्मान स्वरुप मंगलबार २ सय ५ लंच बक्स वितरण गरेपछि धन्यवाद पाएको हो ।
ड्यारेन भ्याली अस्पतालका कर्मचारीले गोर्खा क्वललाई पनि मिठो खानाका लागि समेत विशेष धन्यवाद दिए । गोर्खा क्लवको उत्कष्ट खानाको प्रसंसा गर्दै एनएचएस कर्मचारीहरुलाई गर्नु भएको माया र सम्मानले खुसी तुल्याएको जवाफ अस्पतालबाट पाएको डिएनसीका अध्यक्ष गजेन कटवालले बताए । उनले यस्तो पुनित कार्यमा सघाउने सम्पूर्ण डार्टफोर्डबासि नेपाली समुदायप्रति र ‘वेल बिइङ टीम’ प्रति आभार प्रकट गरे । ‘कुनै नाफा नराखी लागत मुल्यमा खाना तयारी गरि दिने गोर्खा क्लब परिवारका मनिष श्रेष्ठसहित वहाँको टिम तथा सम्पूर्ण आन्तरिक बितरणको व्यवस्था गरिदिने माडेलेनिन एंडरसनको स्वयम्सेवक टिमप्रति धन्यवाद दिन्छु’, उनले भने ।
अस्पतालमा लन्च बक्स वितरणका लागि अध्यक्ष कटवाल, महासचिव लेखनाथ खरेल, सास्कृतिक संयोजक सुनिता थापा र कोषाध्यक्ष हरि हड्खलेसहितको टोली पुगेको थियो । गोर्खा क्वलका तर्फबाट स्वयंसेवक पासा पुच: गुठी युकेको पुर्व अध्यक्ष कुमार श्रेष्ठ र समाजसेवी सिम्मी पुनसहितको टोलीले खाना हस्तान्तरण गरेको थियो । समाजिक दुरी कायम गरि सवै काम गरेको डिएनसीले जनायो । यसअघि डिएनसीले आफ्ना सदस्यहरु सँग एनएचएसको सम्मान स्वरुप सांकेतिक रुपमा लन्च बक्स वितरणका लागि ऐच्छिक रुपमा आर्थिक सहयोग संकलन गरेको थियो ।


सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश