काठमाडौँ। साहित्यकार केदार सङ्केतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्तरुपमा युद्ध उपन्यास कृतिका रुपमा बजारमा आएको पुस्तक विमोचन गर्नुभएको हो ।
सो अवसरमा उहाँहरुले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्नुहुँदै वक्ताले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राख्नुभयो । पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।
लेखक स्वयं युद्धमा संलग्न हुनुभएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो । तीन सय ९५ पृष्ठको पुस्तकको मूल्य रु ५९५ राखिएको छ । यसअघि लेखकका ‘आफैँ जलिरहेको देश’ (कविता सङ्ग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘सङ्केतका कविताहरू’लगायतका कृति प्रकाशित भएका छन् । सर्जक सङ्केत विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त