काठमाडौँ। साहित्यकार केदार सङ्केतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्तरुपमा युद्ध उपन्यास कृतिका रुपमा बजारमा आएको पुस्तक विमोचन गर्नुभएको हो ।
सो अवसरमा उहाँहरुले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्नुहुँदै वक्ताले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राख्नुभयो । पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।
लेखक स्वयं युद्धमा संलग्न हुनुभएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो । तीन सय ९५ पृष्ठको पुस्तकको मूल्य रु ५९५ राखिएको छ । यसअघि लेखकका ‘आफैँ जलिरहेको देश’ (कविता सङ्ग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘सङ्केतका कविताहरू’लगायतका कृति प्रकाशित भएका छन् । सर्जक सङ्केत विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश