लण्डन । प्रवासी नेपाली एकता मंच युकेले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई स्वागत र सम्मान गरेको छ । गत साता राजदुत रेग्मीले जिम्मेवारी सम्हालेपछि र दुतावासका नयाँ डिसिएस रोशन खनालले कार्यभार सम्हालेपछि उक्त सम्मान गरिएको हो ।
भक्त गुरुङको अध्यक्षमा बुधबार भर्चुअल रुपमा भएको कार्यक्रममा बेलायतस्थित नेपालीको समस्या समाधान गर्न दुतावास रहने अपेक्षा कार्यक्रममा सहभागी मंच युकेका नेताहरुले गरेका थिए । सम्मान ग्रहण गर्दै राजदुत रेग्मीले आफु भूतपूर्व गोर्खाहरुका समस्याबारे अवगत रहेको र वार्ताद्वारा उक्त समस्याको समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताए ।
आफ्नो सम्मानमा बुधबार सांझ आयोजित भर्चुएल समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने जनाए । उनले यहाँस्थित नेपाली संघसंस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
‘जहाँ रहे पनि नेपाल र नेपालीको हित भन्दा माथि अन्य विषय रहने छैन। नेपाल र नेपालीको दिग्विजय हुनु पर्छ। सुख, दुख, अवसर र समस्यामा पनि संगै कार्य गरेर नै हामीले सफलता प्राप्त गर्न सक्छौं। विकास र सभ्यता, जीवन र जगतको हितका लागि हामी काम गरौँ। हाम्रो साथ, सहयोग, समर्थन र सहकार्य संधै रहने छ,’ उनले भने। गत मार्च १ तारिखका दिन लन्डन आइपुगेका राजदूत रेग्मीले सोही दिन नै आफ्नो जिम्मेवारी सम्हालेका थिए।
स्वागत कार्यक्रममा लन्डन स्थित नेपाली दूतावासकी उपनियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र विविधतायुक्त रहेको बताइन् । उनले नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु प्रभावकारी र छिटोछरितो बनाउन दूतावासले प्रयास गरीरहेको बताउंदै बेलायतस्थित नेपाली समुदायसंग रहंदै आएको असल सम्बन्ध कायमै रहने विश्वास गरिन ।
महासचिव सुरेशजंग शाहले संचालन गरेको कार्यक्रममा अध्यक्ष भक्त गुरुङले दुतावाससँग मिलेर काम गर्न तयार रहेको बताए । उक्त सम्मान कार्यक्रममा स्वागत अभिनन्दन पत्रको बाचन वालकन्या केनिशा गौतमले बाचलन गरेकी थिइन ।
कार्यक्रममा पुर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, कर्णबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने कन्याकुमारी पुजा क्षेत्रीले धन्यवाद दिएकी थिइन । कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, माल्टाका समाजजसेवी तथा व्यसायी भवन अर्याल, मंचका नेताहरु अर्जुन चापागाई, नारायण कँडेल , रामकुमार गुरुङ, तारा भण्डारी, विदुर खत्री ,केदार थपलियालगायतले पनि स्वागत मन्तव्य राखेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त