लण्डन । प्रवासी नेपाली एकता मंच युकेले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई स्वागत र सम्मान गरेको छ । गत साता राजदुत रेग्मीले जिम्मेवारी सम्हालेपछि र दुतावासका नयाँ डिसिएस रोशन खनालले कार्यभार सम्हालेपछि उक्त सम्मान गरिएको हो ।
भक्त गुरुङको अध्यक्षमा बुधबार भर्चुअल रुपमा भएको कार्यक्रममा बेलायतस्थित नेपालीको समस्या समाधान गर्न दुतावास रहने अपेक्षा कार्यक्रममा सहभागी मंच युकेका नेताहरुले गरेका थिए । सम्मान ग्रहण गर्दै राजदुत रेग्मीले आफु भूतपूर्व गोर्खाहरुका समस्याबारे अवगत रहेको र वार्ताद्वारा उक्त समस्याको समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताए ।
आफ्नो सम्मानमा बुधबार सांझ आयोजित भर्चुएल समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने जनाए । उनले यहाँस्थित नेपाली संघसंस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
‘जहाँ रहे पनि नेपाल र नेपालीको हित भन्दा माथि अन्य विषय रहने छैन। नेपाल र नेपालीको दिग्विजय हुनु पर्छ। सुख, दुख, अवसर र समस्यामा पनि संगै कार्य गरेर नै हामीले सफलता प्राप्त गर्न सक्छौं। विकास र सभ्यता, जीवन र जगतको हितका लागि हामी काम गरौँ। हाम्रो साथ, सहयोग, समर्थन र सहकार्य संधै रहने छ,’ उनले भने। गत मार्च १ तारिखका दिन लन्डन आइपुगेका राजदूत रेग्मीले सोही दिन नै आफ्नो जिम्मेवारी सम्हालेका थिए।
स्वागत कार्यक्रममा लन्डन स्थित नेपाली दूतावासकी उपनियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र विविधतायुक्त रहेको बताइन् । उनले नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु प्रभावकारी र छिटोछरितो बनाउन दूतावासले प्रयास गरीरहेको बताउंदै बेलायतस्थित नेपाली समुदायसंग रहंदै आएको असल सम्बन्ध कायमै रहने विश्वास गरिन ।
महासचिव सुरेशजंग शाहले संचालन गरेको कार्यक्रममा अध्यक्ष भक्त गुरुङले दुतावाससँग मिलेर काम गर्न तयार रहेको बताए । उक्त सम्मान कार्यक्रममा स्वागत अभिनन्दन पत्रको बाचन वालकन्या केनिशा गौतमले बाचलन गरेकी थिइन ।
कार्यक्रममा पुर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, कर्णबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने कन्याकुमारी पुजा क्षेत्रीले धन्यवाद दिएकी थिइन । कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, माल्टाका समाजजसेवी तथा व्यसायी भवन अर्याल, मंचका नेताहरु अर्जुन चापागाई, नारायण कँडेल , रामकुमार गुरुङ, तारा भण्डारी, विदुर खत्री ,केदार थपलियालगायतले पनि स्वागत मन्तव्य राखेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर