लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले आगामी २१ मार्चमा हुने जनगणनामा युवा तथा नयाँ पुस्तालाई समावेश गर्न पहल गरेको छ । इंग्ल्याण्ड समन्वय परिषद्ले बेलायतस्थित नेपाली नयाँ पुस्तालाई जनगणनामा सहभागी गराउन सोमबार जुम अन्तरक्रिया आयोजना ग-यो ।
एनआरएनए युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद् जनगणना सचेतना कार्यक्रमकी युवा संयोजक अहिल्या कुवरले संयोजन गरेको कार्यक्रममा सिएनएस युके अध्यक्ष तथा अक्सफोर्ड विश्व विद्यालयका प्राध्यापक डा कृष्ण अधिकारी र ओएनएसका समीर गुरुङले जनगणनाको महत्वका बारेमा युवा पुस्तालाई जानकारी गराएका थिए । उनले विगतमा गरिएको जनगणनाका बारेमा विस्तृत जानकारी गराएका थिए । त्यस्तै, गुरुङले जनगणनामा बेलायत सरकारले कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी दिए । उनले जनगणनाका बारेमा केही जिज्ञासा भए एनआरएनए युके र सिएनएस युके मार्फत काम गरिरहेको जानकारी गराए ।
सचेतना कार्यक्रममा जनगणनाको महत्वकै बारेमा चेल्सी गुरुङले मन्तव्य राखेकी थिइन । बेलायतमा जन्मिएका युवा पुस्तालाई समेटिएको जुम सचेतना अन्तरक्रियामा सहभागी सबै लाई परिषद् सचिव गोविन्द खरेलले स्वागत गरे । जनगणना कार्यक्रमका संयोजक तथा एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठले युवा पुस्ताले जनगणनामा सहभागिता जनाई भविष्यमा नेतृत्व लिनु पर्ने बताए ।
जुम अन्तरक्रियामा सहभागी युवाहरुलाई सम्बोधन गर्दै एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले जनगणनामा सहभागी हुन र एथ्निसिटीबारे सोधिएको प्रश्नमा ‘नेपाली’ लेख्न विशेष अनुरोध गरिन् । सुस्मिता थापाले संचालन गरेको सचेतना अन्तरक्रियामा सहभागीहरुलाई युवा संयोजक कुवरले धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त अन्तरक्रियामा एनआरएनए युके उपाध्यक्ष रोजीना राई र महिला संयोजक प्रसुना कंडेलले पनि जनगणनाको बारेमा आ आफ्नो धारणा राखेका थिए ।
बेलायतको होम अफिसका अनुसार करीव ४० हजार नेपालीले बेलायती पासपोर्ट लिइसकेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश