लण्डन । नेपाली नेतृहरुले नेपालमा नारीहरुले अधिकारको लागि संघर्ष गर्नु पर्ने अवस्थाको अन्त्य नभएको जनाएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित भर्चुअल जुम अन्तरक्रियामा नारी अधिकारका लागि संघर्ष जारी राख्नु पर्ने धारणा उनीहरुले राखेका हुन् ।
नेकपा निकट प्रवासी नेपाली एकता मंचले अन्तराष्ट्रिय नारी दिवस मनायो । नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य आफ्नो अधिकार स्थापित गर्न अझै सघर्ष गर्नु पर्ने बताइन । अन्तरक्रियामा सांसद अन्जना विशंखे, प्रदेश सभा सांसद मन्जु शाह, अनेमसंघ अध्यक्ष अमृता थापा, क्रान्ति बुर्लाकोटी, पंन्चा सिंहलगायतको सहभागीतामा भर्चुअल महिला दिवस मनाएको हो ।
नेता युवराज चौलागाई, नेता श्रीप्रसाद शाहलगायतले धारणा राख्नु भएको थियो ।त्यस्तै प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले महिला हक अधिकारका लागि राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, प्रवासी नेपाली एकता मंच युके (ओली समुह) द्वारा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित भर्चुअल अन्तरक्रियामा कृषि मन्त्रि पद्मा अर्यालले राजनीतिक दलहरुमा आधा स्थान महिलालाई दिनु पर्नेमा जोड दिइन । जुम अन्तरक्रियामा सांसद सुजिता शाक्य, सांसद विन्दा पाण्डे, अधिकारकर्मी डा. रेणु अधिकारी, मानव अधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधान, मंचका अध्यक्ष भक्त गुरुङ, कार्यक्रम संयोजक सरस्वती केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बिमला सेनेले संचालन गरेकी थिइन् ।
यस अघि एनआरएनए युकेले पनि नारी दिवसकै अवसरमा आइतबार एक जुम अन्तरक्रिया आयोजना गरेको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश