विनेसाम, युके पश्चिम शाखाले मनायो १११ औं अन्तर्राष्ट्रिय नारी दिवस

लण्डन । विश्व नेपाली साहित्य महासंघ युके पश्चिम शाखाले आफ्नो त्रैमासिक साहित्यिक गोष्ठीलाई १११ औं नारी दिवसका रुपमा मनाएको छ ।

सो कार्यक्रममा बेलायत तथा विश्वका विभिन्न ठाउँबाट साहित्यकारहरु भर्चुअलरुमा  सहभागी भएका थिए । कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम र दोस्रो चरणमा सृजना वाचन थियो ।

पहिलो चरणको कार्यक्रम पश्चिम शाखाको अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नेपाली राजदुताबास लण्डनका उपनियोग प्रमुख रोशन खनाल हुनुहुन्थ्यो भने विशेष अतिथि एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा नेपालबाट साहित्यकार मोमिला जोशी, नेपाली जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष कोपिला सुब्बा, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्तकला राई, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सुमाया राई , नेपालबाट लेखिका तथा साहित्यकार बिमला तुम्खेवा, साहित्यकार, गीतकार तथा कलाकार शशी थापा सुब्बा, साहित्यकार निबन्धकार जयालक्ष्मी राई, विनेसाम दक्षिण शाखाका अध्यक्ष विजय हितान, विनेसामका केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, महासचिव सुनिता राई कन्दवा, फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई, लिम्बू पत्रकार महासंघ बेलायतका अध्यक्ष अमित थेबे, कम्युनिटी प्रहरी अफिसर पुष्पा सुनुवार र पश्चिम शाखाका सल्लाहाकार खेम गुरुङले मन्तब्य दिएका थिए।

मन्तब्यको क्रममा उपनियोग प्रमुख खनालले सवल र प्रभावकारी महिलाहरुले आफूले गरेर देखायो भने अरु महिलाहरुले पनि नेतृत्व गर्ने तहसम्म पुग्नको लागी प्रोत्साहन मिल्ने विचार ब्यक्त गर्नु भएको थियो । साथै आफ्नो घरपरिवारमा पनि महिलाहरुप्रति सम्मान अनि माया दिनु पर्ने कुरामा जोड दिनु भएको थियो।

कार्यक्रममा समग्रमा अरु वक्ताहरुले शिक्षा, कलाकारिता, पत्रकारिता, राजनीति, आर्थिक तथा सामाजिक क्षेत्रमा महिलाहरुको अवस्था, नारी दिवस किन कहिले कसरी स्थापना भयो, नेतृत्व तहमा सक्षम कसरी हुन्छ, परिवर्तन चुनौतीको बारेमा साथै घरेलु हिंसा शारीरिक दुर्व्यवहारको चेतावनी सम्बन्धमा आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए।

सचिव शान्ति लिम्बुले पहिलो चरणको कार्यक्रम सन्चालन गरेकी थिइन् । कार्यक्रमको शुरुमा सेमन्त राईबाट बाँसुरीबाट राष्ट्रिय गीतको धुन बजाइ कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रमको संयोजक गोमा रानाले स्वागत मन्तब्य दिएर उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै छोटकरीमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य प्रष्ट पारेकी थिइन् ।

कार्यक्रमको दोस्रो चरणमा विनेसाम पश्चिम शाखाको उपाध्यक्ष भरत लोहरुङको बाँसुरी धुनसँगै साहित्यकारहरुको विभिन्न सृजना वाचन भएको थियो। दोस्रो चरणको कार्यक्रम संयोजक गोमा राना, सहसंयोजक लीला सेलिङ माबो र नानु रानाले निकै आकर्षक ढंगले चलाई दर्शक श्रोताहरुको मन जितेका थिए ।

कार्यक्रमलाई बीएफबीएस गोर्खा रेडियो लगायतका सन्चारमाध्यमले लाइभ प्रसारण गरेका थिए ।

कार्यक्रममा मनुर मनु राना, जित बुढाथोकी, दुतबहादुर पुन (चिम्खोले काहिंला), औतारीसाहिला, लीला सेलिङ माबो, विजय हितान, भरत लोहोरुङ, थिर थापा, अमित थेबे, नानु राना, सेमन्त राई, देवी आले, जानू काम्बाङ लिम्बु, शान्ति लिम्बू, लालसुन्दर राई, डा. सुमाया राई, माया गुरुङ, सारा गुरुङ, विश्वासदीप तिगेला, डा. मधु श्रेष्ठले आ-आफ्ना रचना वाचन गरेका थिए।

अन्त्यमा कार्यक्रम सफल पार्न नाम दिनुभई सृजना वाचन गर्नुहुने सबैलाई संयोजक गोमा रानाले धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री