
लण्डन। नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको छ। पत्रकार केसीका आमा सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो । नेपाल प्रेस युनियन बेलायतका सचिव केसी नेपालसंसार डटकमका सम्पादक छन ।
यसैवीच, नेपाल प्रेस युनियन बेलायतले दु:ख व्यक्त गरेको छ । युनियन युके अध्यक्ष बिपिन निरौलाले बुधबार विज्ञप्ती जारी गरि श्रद्धान्जिली व्यक्त गरेका छन । विज्ञप्तीमा ‘स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’ भनिएको छ ।
शोक विज्ञप्ति
नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपाल प्रेस युनियन बेलायत मर्माहत भएको छ । नेपालसंसार डटकमका सम्पादक समेत रहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो । यस दुखद घडीमा नेपाल प्रेस युनियन बेलायत स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मित्र मन्दिप केसी सहित समस्त केसी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।
बिपिन निरौला
अध्यक्ष
तथा नेपाल प्रेस युनियन बेलायत परिवार।
३ मार्च २०२१
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक