बेलायतको वेल्स, नर्दन आयरल्याण्ड र इंग्ल्यान्डमा यहि मार्च २१ का दिन हुने जनगणनालाई मध्यनजर गरि गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सले वेल्सभर समेट्ने गरि वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन गरेको छ।
२८ फेब्रुवरी, आईतवारका दिन एनआरएनए यूकेका उपाध्यक्ष राम चन्द्र पोखरेलको प्रमुख आथित्यमा वेल्स राज्य समन्वय परिसदका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको परिसदको बैठकले वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल मनोनयन गरेको हो।
वेल्समा रहेका विभिन्न नेपाली संस्थाहरुको सक्रिय सहभागितामा वेल्सका सबै क्षेत्र समेटिने गरि प्रतिनिधि चयन गरिएको हो। जस अनुसार नेपाली समाज वेल्स यूके, वेल्स गोर्खा कम्युनिटी कम्ब्रान, ब्रेकन नेपाली समाज, क्यानेथ्ली गोर्खा नेपाली समाज, कार्डिफ विश्वबिध्यालयमा अध्ययनरत बिद्यार्थी संगठन – कार्डिफ नेपाली सोसाईटी, स्वान्सि विश्व बिध्यालयमा अध्ययनरत बिद्यार्थी संगठन – स्वान्सि नेपाली सोसाईटी, नर्थ वेल्स, ब्रिजेण्ड र स्वान्सिलगायतका क्षेत्र समेट्दै एनआरएनए यूके राज्य समन्वय परिसद वेल्सका प्रतिनिधि सहितको बृहत वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल बनेको छ।
एनआरएनए यूके राज्य समन्वय परिसद वेल्सका अध्यक्ष कृष्ण प्रसाद भण्डारी सहित वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डलमा: मे. रि. गुप्तमान गुरुङ, मे. रि. खुसीमान गुरुङ एम.भी ओ., बद्रि योंग्या, अमृत घले, शोभा राणा पोखरेल, खिम छेत्री, बलराम अधिकारी, निरलाल मोक्तान, टंक राम राई, भिम सिरिस, अमर मल्ल, हिमाल गुरुङ, बुद्ध कुश, अमृत मादेन, कल्पना कन्दंवा, पदम पुन, भोज नारायण रेग्मी, उमेश थापा, दल बहादुर परियार, प्रनब खड्का, फरिदा तामाङ र प्रतिष कुइंकेल रहेका छन्।
वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डलले वेल्सका सम्पूर्ण क्षेत्रमा रहेका नेपालीहरुमा जनगणना सम्बन्धि सचेतना जगाउनुका साथ साथै जनगणना सम्बन्धि आबश्यक कार्यहरुमा सहयोग एवं सहकार्य गर्नेछ। त्यतिमात्रै होईन, वेल्स स्थित नेपाली संघ संस्थाहरुको सकृय सहभागिता एवं सहयोगमा वेल्समा बसोबासरत सम्पूर्ण नेपालीहरुको अभिलेख समेत निकाल्ने प्रयासमा राज्य समन्वय परिसद वेल्स रहेको छ।
जनगणना सम्बन्धि कुनैपनि जानकारीको स्थानिय संघ संस्थाका प्रतिनिधिहरु वा राज्य परिसद वेल्समा सिधै सम्पर्क सम्पर्क गर्न सामितिले अनुरोध गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश