
बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा धर्म तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् । आइतबार २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले उनको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो । त्यस्तै, बिसीसी युकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छन् । बिसीसी युकेका सल्लाहकार एवं निर्वाचन मण्डलका संयोजक मेजर खुशीमान गुरुङले चौथों कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी एवं सदस्यहरुको नामावली प्रस्तुत् गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उक्त निर्वाचन मण्डलमा संस्थापक अध्यक्ष ले. काजी शेर्पा र डा. कपिल रिजाल समेत रहेका थिए । त्यस्तै, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बिसीसी गुम्बाका धर्म गुरु रिन्पोछे र खेन्पोले सपथ गराएका थिए ।
उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्क बहादुर गुरुङ र आङ्ग दावा शेर्पा, महासचिवमा रोबिन गुरुङ, सचिवमा डा. ङवाङ शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पुर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पुजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् । त्यस्तै, आमा समूहको उप प्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्र कुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएकी छन् । त्यस्तै, प्रोपर्टी सदस्यमा उषा गुरुङ र सहायक सदस्यमा टुक गुरुङ चयन भएकी छन् । उक्त कार्यसमितिमा केही पदमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको र उक्त रित्त पद पुर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको नवनिर्वाचित अध्यक्ष तामाङ्ग जानकारी दिए ।
बिहान १०.३० बजे देखि शुरु भएको साधारणभामा अध्यक्ष नरेश गुरुङले आफ्नो कार्यकालमा भएका विभिन्न कार्यहरुको जानकारी गराएका थिए । त्यस्तै, आमा अध्यक्ष पुष्पा गुरुङले आमाहरुले गरेको विभिन्न कार्यहरु बारे जानकारी दिईन् ।
जुम प्रविधिबाट सम्पन्न भएको उक्त साधारणमा संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले बिसीसी युकेको स्थापना, उद्देश्य, लक्ष्य लगायतका बिषयमा पावर पोइन्ट प्रिजेन्टेशन प्रस्तुत् गरेका थिए । त्यस्तै, पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिएमई, पूर्व आमा प्रमुख ज्ञानुमाया गुरुङ, लण्डन शाखा अध्यक्ष गमर गुरुङ, लण्डन शाखा आमा प्रमुख अन्तिम गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।
करीब ८० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष एवं प्र्रोजेक्ट मेनेजर हर्क बहादुर गुरुङले बिसीसी युकेले हालै थपेको तला निर्माण बारे पावर पाईन्ट प्रिजिन्टेशन प्रस्तुत् गरेका थिए । त्यस्तै, महासचिव रोबिन गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष दिनेश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
बिसीसी युकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य दिएका थिए भने महासचिव रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु