काठमाडौँ । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत लोकदर्शन रेग्मीले विहीबार सपथ लिएका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको समथ लिएका हुन् ।
उनीसँगै दक्षिण अफ्रिकाका लागि नवनियुक्त नेपाली राजदुा डा. निर्मलकुमार विश्वकर्माले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सपथका लागि आज एक विशेष समारोहको आयोजना गरिएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै