लन्डन । बेलायतस्थित नेपाली समुदायका अगुवाहरु विस्तारै परम्परागत व्यवसायबाट फट्को मार्दै पोष्ट अफिस व्यवसाय तर्फ लम्किएका छन । ति मध्ये एक समाजसेवी तथा सामाजिक अभियन्ता धन बहादुर सार्कीले हालै रसमोर बरो काउन्सिलमा पर्ने नर्थ टाउनमा पोष्ट अफिस (हुलाक सेवा) खरिद गरेका हुन् ।
कोरोना संक्रमणबाट नेपाली समुदायलाई बचाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने मध्येका एक सार्की फ्रेन्चाइज व्यवसाय तिर लागेका छन । नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष तथा ‘बाचौँ र बचाऔँ’ अभियानमा लागेका सार्कीले कारोना पीडितलाई बचाउन विशेष योगदान दिएका थिए ।
पोष्ट अफिसबाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिनेछ । ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड, आइडी भेरिफिकेशन, बैंकिङ कारोबार ९एकाउन्ट खोल्न, डिपोजिटरसेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट गर्न क्रेडिट कार्ड लिन, मोर्गेज आदि सेवा उपलब्ध छन । त्यस्तै, पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस रेल, डिस्काउन्ट पास आदि समेत त्यहाँ पाइन्छ ।
उनलाई पोष्ट अफिस खरीदका लागि काउन्सिलर गेयानर अस्टिन, काउन्सिलर किथ डिब्बल, मार्क गिट्टोस विविड़ होम्स अफिसर, रसमोर बरो काउन्सिल अफिसरहरु, राजेन्द्र सुवेदी, चारट्याक्स एसोसियसन एन्ड कम्पनी चार्टर एकाउन्टेन्ट, एनआरएन युके सचिव जित रानाभाट तथा पोस्टमास्टर हारो पोस्ट अफिस लन्डनका सञ्चालक कृष्ण तिवारीलगायतले सहयोग गरेको सार्कीले बताए । नर्थटाउनमा झन्डै पाँच हजार जनसख्या बसोबास गर्छन ।
व्यवसायी सार्कीले ‘बाँचौ र बचाऔँ’ अभियान मार्फत नेपालका २१ ठाँउमा कोरोना महामारी र बाढीपहिरो पीडितलाई राहत बितरण गरेका थिए । एनआरएनए युकेका सदस्य समेत रहेका सार्की लामो समयदेखि समाजसेवा छन । उनी पूर्व गोर्खा ब्रिटिस सैनिक हुन् । कानुनी प्रक्रियाहरु पुरा गरि चाडै पोष्ट अफिसलाई सञ्चालन ल्याउन लागेको उनले बताए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश