लण्डन । कोभिडका कारण आक्रान्त आफ्ना सदस्य र शुभचिन्तकहरुमा थोरै भए पनि खुशी ल्याउन नेपलिज ब्रिटिश कम्युनिटी युकेले विशेष मनोरञ्जन कार्यक्रमका साथ ११औँ वार्षिकोत्सव मनाउने भएको छ ।
यही मार्च ६ तारिखका दिन हुने सो कार्यक्रममा नेपालबाट चर्चित हास्यकलाकारहरु मनोज गजुरेल र जितु नेपाल, गायिका एलिना गौतम, गायक राज सिग्देल, संगीतकार वसन्त सापकोटा, कवि नवराज पराजुली नेपालबाट आउने छन् भने बेलायतबाट कविहरु नृपेश उप्रेती, नारायण गाउँले, फडिन्द्र भट्टराई, मञ्जु भण्डारी, रमेश कायस्थ र गायकहरु दीपक थापा र आशिष राजले प्रस्तुति दिने छन् ।
बेलायतको समयअनुसार दिउँसो २ शुरु हुने सो कार्यक्रम करिब दुई घण्टा लामो हुने छ ।
सो कार्यक्रम एनबीसी युकेको फेसबुक पेज तथा अन्य मिडियामार्फत निशुल्क प्रसारण गरिने छ ।
यस्तै, सो कार्यक्रममा प्रस्तुति दिनुहुने कलाकारहरुले पनि पारिश्रमिक नलिने एनबीसी युकेले जनाएको छ ।
लण्डनमा रहेको एनबीसी युके सन् २०१० मार्च ६ तारिखका दिन स्थापना भएको थियो । सन् २०१६ मा च्यारिटी कमिसनमा दर्ता भई सञ्चालित सो संस्थाले नेपालमा विभिन्न किसिमको सामाजिक र मानवीय सहयोग गर्दै आएको छ ।
यस्तै बेलायतमा पनि जन्मथलो नेपालको प्रबद्र्धनका लागि पर्यटन वर्षलाई सघाउने कार्यक्रमहरु, रक्तदान, प्रौढहरुका लागि अंग्रेजी कक्षा, नेपाली कला, सँस्कृति सम्बर्धन र प्रवर्धनमूलक कार्य गर्दै आएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश