लण्डन । कोभिडका कारण आक्रान्त आफ्ना सदस्य र शुभचिन्तकहरुमा थोरै भए पनि खुशी ल्याउन नेपलिज ब्रिटिश कम्युनिटी युकेले विशेष मनोरञ्जन कार्यक्रमका साथ ११औँ वार्षिकोत्सव मनाउने भएको छ ।
यही मार्च ६ तारिखका दिन हुने सो कार्यक्रममा नेपालबाट चर्चित हास्यकलाकारहरु मनोज गजुरेल र जितु नेपाल, गायिका एलिना गौतम, गायक राज सिग्देल, संगीतकार वसन्त सापकोटा, कवि नवराज पराजुली नेपालबाट आउने छन् भने बेलायतबाट कविहरु नृपेश उप्रेती, नारायण गाउँले, फडिन्द्र भट्टराई, मञ्जु भण्डारी, रमेश कायस्थ र गायकहरु दीपक थापा र आशिष राजले प्रस्तुति दिने छन् ।
बेलायतको समयअनुसार दिउँसो २ शुरु हुने सो कार्यक्रम करिब दुई घण्टा लामो हुने छ ।
सो कार्यक्रम एनबीसी युकेको फेसबुक पेज तथा अन्य मिडियामार्फत निशुल्क प्रसारण गरिने छ ।
यस्तै, सो कार्यक्रममा प्रस्तुति दिनुहुने कलाकारहरुले पनि पारिश्रमिक नलिने एनबीसी युकेले जनाएको छ ।
लण्डनमा रहेको एनबीसी युके सन् २०१० मार्च ६ तारिखका दिन स्थापना भएको थियो । सन् २०१६ मा च्यारिटी कमिसनमा दर्ता भई सञ्चालित सो संस्थाले नेपालमा विभिन्न किसिमको सामाजिक र मानवीय सहयोग गर्दै आएको छ ।
यस्तै बेलायतमा पनि जन्मथलो नेपालको प्रबद्र्धनका लागि पर्यटन वर्षलाई सघाउने कार्यक्रमहरु, रक्तदान, प्रौढहरुका लागि अंग्रेजी कक्षा, नेपाली कला, सँस्कृति सम्बर्धन र प्रवर्धनमूलक कार्य गर्दै आएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान