लण्डन । बेलायतमा यही मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिताका बारेमा वेल्समा अन्तरक्रिया सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिको आयोजनामा भएको सो कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारीले बेलायतको कानुनअनुसार बसोबास गर्ने सबैले जनगणनामा भाग लिनैपर्ने र जनगणनामा भाग नलिइएको थाहा पाएमा १ हजार पाउण्डसम्म जरिवाना र कालोसूचीमा राखिन सक्ने बताए । जनगणनामा भरिएका विवरणहरु सरकारका कुनै पनि निकायले १०० वर्षसम्म हेर्न नपाउने कानुनले नै ग्यारेन्टी गरेकाले ढुक्क भएर फाराम भर्न अनुरोध गरे ।
जनगणना फाराम भर्दा इथ्निसिटी समूहमा र मुख्य भाषाको प्रश्नमा यताउती कतै अलमल नगरी ‘नेपाली’ लेख्न डा. अधिकारीले अपील गरे । ‘इथ्निसिटीको प्रश्नमा नेपाली नलेखी अन्यथा लेखिएमा आफ्नै खुट्टामा बन्चरो हान्नुसरह हो’ उनले भने ।
जनगणनाका बारेमा नेपाली समुदायबीच प्रचारप्रसार गर्न र सहयोग चाहिने समुदाय र परिवारलाई सहयोग गर्न अपील समेत उनले गरे ।
वेल्सका कम्ब्रान, ब्रेकन, एभरगेभ्नी, कार्डिफलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका नेतृत्वको उपस्थिति रहेको थियो । सहभागीहरुले जनगणनाका विविध प्रक्रिया र नेपाली समुदायले कसरी सहभागिता जनाउने भन्ने बारेमा जिज्ञासा राखेका थिए । ती प्रश्नहरुको जवाफ डा. अधिकारीले दिएका थिए ।
छलफलको सहजीकरण एनआरएनए युकेका उपाध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए।
एनआएएनए वेल्स राज्यसमितिका अध्यक्ष कृष्ण भण्डारीले वेल्सका सबै नेपाली संस्थाहरुको प्रतिनिधि रहेको एक समूह बनाइ जनगणनामा नेपालीहरुको सहभागितालाई प्रभावकारी थप छलफल र सहकार्य गरिने बताए । स्थानीय संघसंस्थाको सहयोग नभई जनगणनाको कार्य सफलतापूर्वक सम्पन्न गर्न सम्भव नभएकाले सबैलाई जुट्न अनुरोध गरे ।
तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, नेपलिज सोसाइटी वेल्सका अध्यक्ष नीरलाल मोक्तान, ब्रेकन नेपलिज कम्युनिटीका कार्यबाहक अध्यक्ष मेजर गुप्तमान गुरुङ, एनआरएनए वेल्स राज्य समितिका उपाध्यक्ष अमृत घले, कुम्ब्रान नेपाली समाजका अध्यक्ष खिम क्षेत्री, बद्री योङ्या, भोजनारायण रेग्मी, अमर मल्ल, पदम पुन, नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, अध्यक्ष नरेश खपाङ्गीमगरलगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश