जनगणनामा सहभागी गराउन डाटफोर्ड नेप्लिज समाजको सचेतना कार्यक्रम

लण्डन । बेलायतमा आगामी २१ मार्चमा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई सहभागी गराउन डाटफोर्ड नेप्लिज समाज (डिएनसी) युकेले “हाम्रो नेपाली पहिचानको लेखाङ्कन, हाम्रो अभियान ” नामक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

डिएनसी युके अध्यक्ष गजेन कटवालले सहजीकरण गरेको भर्चुअल ‘जुम’ अन्तरक्रियामा केन्टमा बसोबास गरिरहेका समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरी सचेतना फैलाइएको हो ।
हरेक १० वर्षमा हुने जनगणना यसवर्ष महत्वपूर्ण रहेको सामाजिक अगुवाहरुले बताएका थिए । उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले नेपाली समाजमा जनगणनाको महत्व धेरै रहेको जनाए । कार्यपत्रमा उनले विगतका जनगणनाका समस्या र आगामी २१ मार्चमा जनगणनामा सहभागी हुँदा बेलायत सरकारबाट पाइने अधिकार र सुविधाका बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
सचेतनता कार्यक्रममा वक्ताका रुपमा उपस्थित ओएनएसका नेपाली समुदायका निम्ति सल्लाहकार समिर गुरुडले बेलायतमा हुन गइरहेको जनगणनाका बारेमा जानकारी दिए । उनले नमूना प्रश्नावलीहरु समेत देखाएका थिए । जनगणनामा सहभागी हुनैपर्ने कानुनी प्रावधान रहेको जानकारी पनि उनले दिए । नेपाली समुदायलाई जनगणनामा सहभागी हुन उनले अनुरोध पनि गरे ।
एनआरएनए इंग्ल्याण्ड राज्यपरिषदका अध्यक्ष दीपक श्रेष्ठले जनगणनामा सबै नेपालीलाई सहभागिताका लागि बेलायतभरबाट अभियान चलाउन स्थानीय संघसंस्थाका सहयोग अपरिहार्य भएको बताए । उनले हेल्प डेक्स राखेरै भएपनि सबै समुदायलाई समेटन संघ/सस्थाहरुको सहयोग आवश्यकता भएको भन्दै त्यसका गृहकार्य भैरहेको जनाए ।
सचेतना कार्यक्रममा व्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्डका अध्यक्ष मोहन गुरुङ, बेक्सली नेप्लिज कम्युनिटी अध्यक्ष विजय गुरुङ, क्यान्टरवरी नेप्लिज कम्युनिटीका अध्यक्ष राजेन्द्र राई, मेडिस्टोन गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष दिलकुमार राई, फोक्स्टोन नेप्लिज कम्युनिटीका अध्यक्ष टीकासिंह ठकुरी, सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युके अध्यक्ष माधव पराजुली, सगरमाथा गोरखा नेप्लिज कम्युनिटी आसफोर्डका अध्यक्ष चक्र राई, संखुवासभा समाज युकेका अध्यक्ष नैनसिंह गुरुड, नेपाल पत्रकार महासंघ युके अध्यक्ष नरेश खपांगी मगर, वरिष्ठ उपाध्यक्ष श्याम लुइटेल लगायतले विभिन्न सुझावसहित प्रश्नोत्तर गरेका थिए । डिएनसी युके महासचिव लेख खरेलले स्वागत गर्दै संचालन गरेको कार्यक्रममा पत्रकार गणेश खड्काले प्रविधिमा सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री