ग्रान्थाममा जनगणनाबारे छलफल

लण्डन । बेलायतको इङल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा हुँदै जनगणनामा नेपाली समुदायकाे सहभागिताका बारेमा मिडल्याण्डको ग्रानथाममा जनचेतनमूलक कार्यक्रम सम्पन्न भएको छ ।

ग्रानथाम नेपाली समाजको आयोजना गरिएको कार्यक्रममा उक्त भर्चुअल कार्यक्रममा बेलायतमा २०११ को जनगणनामा नेपालीहरूको सहभागिताको अभियानमा अग्रणी भूमिका खेलेको सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका संस्थापकमध्ये एक अध्यक्ष डा. कृष्ण अधिकारीले बेलायतको जनगणनामा नेपालीहरूको सहभागिता किन आवश्यक छ र कसरी सहभागी हुन सकिन्छ भन्ने विषयमा प्रस्तुत गर्नुभएको थियो ।

हाल जनगणनाको बारेमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको एनआरएनए इङल्याण्ड समितिका अध्यक्ष दीपक श्रेष्ठले यस जनगणनामा नेपालीहरूको ब्यापक सहभागिता हुनु पर्नेमा जोड दिँदै सबै इङल्याण्डवासी नेपालीहरुलाई सहभागिता गराउनको लागी सबै संघ संस्थाहरूले ग्रानथाम नेपाली समाजले गरेको जस्तै कार्यक्रम गर्दै अभियानमा जोडिन आव्हान गर्नु भयो।

सोही समितिका सचिव गोविन्द खरेलले जनगणनामा एथ्निसिटी खण्डमा सबैले “नेपाली” लेखौं भन्ने आव्हान गर्नु भयो।

त्यस्तै, यस जनगणनामा जनचेतनामूलक कार्यक्रम गर्दै आएको नेपाल पत्रकार महासंघ युके शाखाका महासचिव नरेश खपाङ्गी मगरले यस जनगणनामा कोही पनि नेपाली छुट्न नहुने बताउनु भयो।

उक्त कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ डा कृष्ण अधिकारीले दिनु भएको थियो।

ग्रानथाम नेपाली समाज युकेका जुझारू युवा समाजसेवी उपेन्द्र पौडेलको पहलमा भएको सो कार्यक्रमको सन्चालन पनि पौडेलले नै गर्नुभएको थियो । कार्यक्रममा चितवन सहयोग ट्रष्ट (क्याट) युके अध्यक्ष जीवन सेन, क्याट युके अध्यक्ष तथा तमु धिं युकेका पूर्व महासचिव कृष्ण गुरूङ, नेपाल प्रेस युनियन बेलायतका महासचिव मन्दिप केसी , क्याट युकेका कार्यसमिति सदस्य किशोर लामिछाने, समाजसेवीहरु रामु कँडेल, शरद दाहाल, दीपक बश्याल, कमल भण्डारी, देवीलाल गैरे, राजु गिरी, जय आचार्य, सुवास गैरे, धर्म सापकोटा, देव बाँडा, पंकज अर्याल लगायतका थुप्रै समाजसेवीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री