लण्डन । गैर आवासीय नेपाली संघ बेलायतले संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष मेजर रिटायर्ड डमर घले तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई जोडेर एनआरएनए युकेको गत निर्वाचनमा संघको कोष अनियमितता गरेको सम्बन्धमा समाचार प्रकाशन हुनु खेदपूर्ण रहेको बताएको छ ।
संघका अध्यक्ष पुनम गुरुङले मंगलबार एक विज्ञप्ति जारी गरी गत निर्वाचनमा प्रमुख आयुक्त रहेका घले र सदस्यसचिव रहेका खपाङ्गीमगरले यसअघि नै कोषको सन्चालन कोषाध्यक्षमार्फत भएको र सोको पूर्ण विवरण तत्कालिन कार्यसमिति समक्ष बुझाइसकेको प्रष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ । गत कार्यसमितिको आर्थिक पारदर्शिताको बारेमा एनआरएनए युकेद्वारा गठित जाँचबुझ समितिले काम गरिरहेको अवस्थामा समाजसेवामा आवद्ध व्यक्तिहरुमाथि आर्थिक अनियमितता जस्तो सम्वेदनशील विषयमा यस्ता समाचारहरु आउनु आफैँमा खेदपूर्ण रहेको एनआरएनए युकेको ठहर छ ।
यस्तै, विभिन्न आग्रह/पूर्वाग्रहबाट प्रेरित भएर आएका त्यस्ता समाचारहरुबाट भ्रममा नपर्न एनआरएनए युकेले सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई अपील गरेको छ भने पत्रकारितामा आवद्ध व्यक्तिहरुलाई पनि सत्यतथ्य र प्रमाणित सामग्री सम्प्रेषण गर्न स्मरण गराएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश