
लण्डन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेपालमा विभाजन भएपछि त्यसको असर बेलायतमा पनि परेको छ । नेकपा (प्रचण्ड-माधव समुह) मुल संगठनमा र नेकपा (ओली) समुहले छुट्टै गतिविधि गर्दै आएपनि आइतबारदेखि औपचारिक बिभाजन हुन लागेको हो । नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मंच युके आइतबार गृहमन्त्री रामबहादुर थापा प्रमुख अतिथिका रुपमा उपस्थित हुने भेलाले भक्त गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्नेछ ।
नेकपाका कमिटिहरुमा अध्यक्ष र सचिव फरक फरक समुहमा लागेर संगठन पुनर्गठन हुने गरेकामा बेलायतका भने दुवै नेता नेकपा (प्रचण्ड-माधव)मा रहेपछि छुट्टै खोल्न लागिएको हो । गत महिना प्रवासी नेपाली एकता मंच युकेको कार्यसमितिको पुर्ण बैठकमा ओली पक्षका दुई जना सदस्य मात्र खड्गप्रसाद ओलीको पक्षमा उभिएका थिए । जसमा सरस्वती केसी र हेम लिम्बु थिए ।
प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम नेकपा(प्रचण्ड माधव)समुहमा बसेपछि गुरुङले आफ्नो नेतृत्वमा संगठन खोल्न प्रवास समुह युके नामको संस्था खोल्दै सामाजिक संजालमा गतिविधि गर्दै आएका थिए । सोही गतिविधिलाई पार्टी संगठनको रुपमा उम्याउदै नेकपा ओली समुहले दिउँसो आफ्नो समुहको भेला गरि प्रवासी नेपाली मंच युके नामकै अर्काे संगठन खोल्न लागेको हो । जसको अध्यक्ष गुरुङ हुनेछन । गुरुङ गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तरराष्ट्र्रिय समन्वय परिषद(आइसीसी)मा बेलायतबाट मनोनित सदस्य हुन् । स्रोतका अनुसार सवैलाई पद दिएर प्रवासमा अहिले सम्मकै ठुलो कार्यसमिति बनाउन लागिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा