
लण्डन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेपालमा विभाजन भएपछि त्यसको असर बेलायतमा पनि परेको छ । नेकपा (प्रचण्ड-माधव समुह) मुल संगठनमा र नेकपा (ओली) समुहले छुट्टै गतिविधि गर्दै आएपनि आइतबारदेखि औपचारिक बिभाजन हुन लागेको हो । नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मंच युके आइतबार गृहमन्त्री रामबहादुर थापा प्रमुख अतिथिका रुपमा उपस्थित हुने भेलाले भक्त गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्नेछ ।
नेकपाका कमिटिहरुमा अध्यक्ष र सचिव फरक फरक समुहमा लागेर संगठन पुनर्गठन हुने गरेकामा बेलायतका भने दुवै नेता नेकपा (प्रचण्ड-माधव)मा रहेपछि छुट्टै खोल्न लागिएको हो । गत महिना प्रवासी नेपाली एकता मंच युकेको कार्यसमितिको पुर्ण बैठकमा ओली पक्षका दुई जना सदस्य मात्र खड्गप्रसाद ओलीको पक्षमा उभिएका थिए । जसमा सरस्वती केसी र हेम लिम्बु थिए ।
प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम नेकपा(प्रचण्ड माधव)समुहमा बसेपछि गुरुङले आफ्नो नेतृत्वमा संगठन खोल्न प्रवास समुह युके नामको संस्था खोल्दै सामाजिक संजालमा गतिविधि गर्दै आएका थिए । सोही गतिविधिलाई पार्टी संगठनको रुपमा उम्याउदै नेकपा ओली समुहले दिउँसो आफ्नो समुहको भेला गरि प्रवासी नेपाली मंच युके नामकै अर्काे संगठन खोल्न लागेको हो । जसको अध्यक्ष गुरुङ हुनेछन । गुरुङ गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तरराष्ट्र्रिय समन्वय परिषद(आइसीसी)मा बेलायतबाट मनोनित सदस्य हुन् । स्रोतका अनुसार सवैलाई पद दिएर प्रवासमा अहिले सम्मकै ठुलो कार्यसमिति बनाउन लागिएको छ ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने