लण्डन । बेलायती रक्षा मन्त्रालयबाट सन्चालित बीएफबीएस गोरखा रेडियोको साहित्यिक कार्यक्रम ‘सृजनाका फूलहरु’ मा विश्व नेपाली साहित्य महासंघ बेलायत दक्षिण पश्चिम शाखाका सर्जकहरुले सिर्जना वाचन गरेका छन् ।
लोकप्रिय प्रस्तोता योगराज राईद्वारा सन्चालित सो कार्यक्रममा शाखाका प्रमुख सल्लाहकार तथा बिएफबीएस रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ्ले विगतका आफ्नो अनुभव सुनाउदै खुशी ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा शाखाका अध्यक्ष लालसुन्दर राई, प्रमुख सल्लाहका खेम गुरूङ, भरत लोहोरूङ राई, जानु काम्वाङ लिम्बु, नानु थापा राना, गोमा राना, जित बुढाथोकी छन्त्याल, होम किराँत सुनुवार, मुकेश राई र सँगीतकार पदम गुरूङलगायतले आ-आफ्ना शुभकामना वा रचनाहरु सामूहिक रुपमा प्रस्तुत गर्दाको रोचक अनुभव सुनाएका थिए।
अन्त्यमा सन्सारभर प्रचलित नेपालीहरुको ढुकढुकी बिएफबिएस गोर्खा रेडियोलाई अध्यक्ष राईले विनेसामको तर्फबाट मुरीमुरी धन्यबाद ज्ञापन गर्नुभएको थियो।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान