लण्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बेलायत समितिले नेपालमा प्रतिनिधिसभा भंग गर्ने निर्णयका विरुद्धमा बृहत कार्यक्रम गर्ने भएको छ ।
समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही आइतबार बसेको समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गर्दै आउने आइतबार अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टीको प्रवास समन्वय समितिको निर्देशन बमोजिम नेपालमा भईरहेको प्रतिगमन विरोधी आन्दोलनमा ऐक्यबद्दता जनाउँदै पहिलो र दोश्रो चरणको आन्दोलनमा समितिले ऐक्यबद्दता जनाउँदै प्रतिगमन विरोधी वक्तव्य र भर्चुअल रूपमा विरोध कार्यक्रम गरेको थियो । पहिलो र दोस्रो चरणको कार्यक्रम सफल रहेको र अब तेश्रो चरणको आन्दोलनमा ऐक्यबद्दता जनाउन सो अन्तरक्रियाको कार्यक्रम गर्ने निर्णय गरिएको समितिका सचिव सुरेश गौतमले जनाएका छन् ।
भर्चुअल रुपमा गरिने अन्तरकृयामा बेलायतस्थित नेपाली क़ानून विज्ञहरू, विभिन्न विज्ञहरू र नेपालका राजनीतिक दलसंग आवद्द संगठनका नेताहरू समेतको सहभागिता गराउने निर्णय भएको छ। अन्तरकृयामा संगठनमा आवद्द सबै सदस्यहरूको सक्रिय सहभागिता रहने साथै अन्य संगठनहरूको समेत उल्लेख्य सहभागिता रहने बताइएको छ । यसैगरी संभव भएसम्म शनिवार नै समितिले नेपालस्थित क़ानूनविदहरूसंग पनि भर्चुअल छलफल गर्ने भएको छ।
यस्तै समितिले संगठन बिस्तार गर्न र वर्तमान अवस्थामा पार्टीका संगठनात्मक क्रियाकलापहरू अरू शसक्त ढंगले अघि बढाउन सल्लाहकार समिति, सचिवालय र संगठनको विभिन्न तहमा कमिटी गठन र पुनर्गठनको लागि विधि, पद्दति र प्रकृयाअनुसार नामहरू आगामी बैठकमा छलफलका लागी पेश गर्न अध्यक्ष र सचिवलाई ज़िम्मा दिने समेत निर्णय गरेको छ।
साथै, नेपालमा पार्टी विभाजनको असरका कारण बेलायतमा पनि केही समितिका सदस्यहरु संगठनको हितविरूद्द गुटबन्दीमा कृयाशील रहेको सूचना र उजुरी पाईएकोले सो बारे यथार्थ बुझी अर्कों बैठकमा छलफल गर्ने निर्णय गरिएको छ ।
बैठकले नेपालको विद्यार्थी आन्दोलनका नेता तथा २०३६ सालको अमृत साईन्स कलेज स्ववियू सभापति डा. चन्द्र लक्सम्बाको दुःखद निधनप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।
नेपालको कम्युनिस्ट आन्दोलन र लोकतन्त्र माथि संकट आएको चुनौतीपूर्ण घडीमा पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूका साथै लोकतन्त्रमा विस्वास गर्ने सम्पूर्ण प्रगतिशील, बामपंथी, देशभक्त लोकतन्त्रबादी जनसमुदायलाई नेपालको वर्तमान राजनीतिक घट्नालाई नजिकबाट अवलोकन गर्दै सत्य र निष्ठापूर्वक अभिब्यक्ति दिन समेत आग्रह गरिएको छ ।
भर्चुअल बैठकको संचालन कमिटीका सचिव सचिव सुरेश गौतमले गरेका थिए ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]