प्रवासी नेपाली एकता मन्च युकेले प्रतिगमनविरुद्ध बृहत कार्यक्रम गर्ने

लण्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बेलायत समितिले नेपालमा प्रतिनिधिसभा भंग गर्ने निर्णयका विरुद्धमा बृहत कार्यक्रम गर्ने भएको छ ।

समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही आइतबार बसेको समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गर्दै आउने आइतबार अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टीको प्रवास समन्वय समितिको निर्देशन बमोजिम नेपालमा भईरहेको प्रतिगमन विरोधी आन्दोलनमा ऐक्यबद्दता जनाउँदै पहिलो र दोश्रो चरणको आन्दोलनमा समितिले ऐक्यबद्दता जनाउँदै प्रतिगमन विरोधी वक्तव्य र भर्चुअल रूपमा विरोध कार्यक्रम गरेको थियो । पहिलो र दोस्रो चरणको कार्यक्रम सफल रहेको र अब तेश्रो चरणको आन्दोलनमा ऐक्यबद्दता जनाउन सो अन्तरक्रियाको कार्यक्रम गर्ने निर्णय गरिएको समितिका सचिव सुरेश गौतमले जनाएका छन् ।

भर्चुअल रुपमा गरिने अन्तरकृयामा बेलायतस्थित नेपाली क़ानून विज्ञहरू, विभिन्न विज्ञहरू र नेपालका राजनीतिक दलसंग आवद्द संगठनका नेताहरू समेतको सहभागिता गराउने निर्णय भएको छ। अन्तरकृयामा संगठनमा आवद्द सबै सदस्यहरूको सक्रिय सहभागिता रहने साथै अन्य संगठनहरूको समेत उल्लेख्य सहभागिता रहने बताइएको छ । यसैगरी संभव भएसम्म शनिवार नै समितिले नेपालस्थित क़ानूनविदहरूसंग पनि भर्चुअल छलफल गर्ने भएको छ।

यस्तै समितिले संगठन बिस्तार गर्न र वर्तमान अवस्थामा पार्टीका संगठनात्मक क्रियाकलापहरू अरू शसक्त ढंगले अघि बढाउन सल्लाहकार समिति, सचिवालय र संगठनको विभिन्न तहमा कमिटी गठन र पुनर्गठनको लागि विधि, पद्दति र प्रकृयाअनुसार नामहरू आगामी बैठकमा छलफलका लागी पेश गर्न अध्यक्ष र सचिवलाई ज़िम्मा दिने समेत निर्णय गरेको छ।

साथै, नेपालमा पार्टी विभाजनको असरका कारण बेलायतमा पनि केही समितिका सदस्यहरु संगठनको हितविरूद्द गुटबन्दीमा कृयाशील रहेको सूचना र उजुरी पाईएकोले सो बारे यथार्थ बुझी अर्कों बैठकमा छलफल गर्ने निर्णय गरिएको छ ।

बैठकले नेपालको विद्यार्थी आन्दोलनका नेता तथा २०३६ सालको अमृत साईन्स कलेज स्ववियू सभापति डा. चन्द्र लक्सम्बाको दुःखद निधनप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।

नेपालको कम्युनिस्ट आन्दोलन र लोकतन्त्र माथि संकट आएको चुनौतीपूर्ण घडीमा पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूका साथै लोकतन्त्रमा विस्वास गर्ने सम्पूर्ण प्रगतिशील, बामपंथी, देशभक्त लोकतन्त्रबादी जनसमुदायलाई नेपालको वर्तमान राजनीतिक घट्नालाई नजिकबाट अवलोकन गर्दै सत्य र निष्ठापूर्वक अभिब्यक्ति दिन समेत आग्रह गरिएको छ ।

भर्चुअल बैठकको संचालन कमिटीका सचिव सचिव सुरेश गौतमले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री