लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीसित गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र गोरखा सत्याग्रह संघर्ष समितिले संयुक्त रुपमा भेट गरेको छ ।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुले गोरखाहरुको समस्या समाधानका लागि यसअघि प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका कार्यान्वयनका बारेमा जोड दिएका थिए । उनीहरुले सो प्रतिवेदनको कार्यान्वयनका लागि वार्ता समिति बनाउन माग गरेका थिए ।
सोको जवाफमा नवनियुक्त राजदुत रेग्मीले गोरखाहरुको समस्याबारे आफूलाई जानकारी भएको र बेलायत सरकारलाई पनि विश्वासमा लिँदै चॉडो समस्या समाधान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नरहने बताएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए । राजदुत रेग्मीले आफू मात्र नभई ‘तपाईहरु सबै राजदुत हो । हामी मिलेर काम गर्नु पर्छ । संयम र धैर्य हुनु पर्दछ तडकभडक देखाउदा हामीलाई नोक्सान हुन्छ’ भन्ने कुरामा ध्यान दिन स्मरण गराए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’