गेसो र सत्याग्रहद्वारा बेलायतका लागि नेपाली राजदुत रेग्मीसित भेट

लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीसित गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र गोरखा सत्याग्रह संघर्ष समितिले संयुक्त रुपमा भेट गरेको छ ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुले गोरखाहरुको समस्या समाधानका लागि यसअघि प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका कार्यान्वयनका बारेमा जोड दिएका थिए । उनीहरुले सो प्रतिवेदनको कार्यान्वयनका लागि वार्ता समिति बनाउन माग गरेका थिए ।

सोको जवाफमा नवनियुक्त राजदुत रेग्मीले गोरखाहरुको समस्याबारे आफूलाई जानकारी भएको र बेलायत सरकारलाई पनि विश्वासमा लिँदै चॉडो समस्या समाधान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नरहने बताएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए । राजदुत रेग्मीले आफू मात्र नभई ‘तपाईहरु सबै राजदुत हो । हामी मिलेर काम गर्नु पर्छ । संयम र धैर्य हुनु पर्दछ तडकभडक देखाउदा हामीलाई नोक्सान हुन्छ’ भन्ने कुरामा  ध्यान दिन स्मरण गराए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री