ग्रीनीचमा जनगणनाका बारेमा जागरूकता जगाउन अभियान सुरु


लण्डन । लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजिएनएस) ले बेलायतमा यही मार्च २१ मा हुन गइरहेको जनगणनामा नेपाली समुदायमा जागरूकता जगाउन भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीको सभापत्तित्वमा आइतबार सो कार्यक्रम सम्पन्न भएको छ । संस्थाले नेपाली समुदायमा कोरोनाको महामारीबाट प्रभावितहरुका लागि औषधी वितरण तथा खोप उपलब्ध गर्नको लागि सहयोगको अभियान पनि सुरु गरिसकेको छ।
जनगणना सम्बन्धि जागरूकता कार्यक्रममा अफिस फर नेसनल स्टाटिस्टिक्सका नेपाली समुदायका लागि सल्लाहकार समिर गुरुङले जनगणना जागरूकता सम्बन्धि प्रस्तुतीकरण गरेका थिए। सन् २०२१ सालको जनगणनाको बारेमा, यो जनगणनाको महत्व र नेपाली समुदायले गर्नुपर्ने भावी कार्य योजनाको सम्बन्धमा  विवेचना गर्दै आगामी जनगणनाको लागि प्रशिक्षण र सशक्तिकारणको जरुरी रहेको र  नेपाली समुदायलाई पूर्ण सहभागिताको लागि अपिल समेत गरे।
जनगणना तथा जागरूकता समितिका संयोजक पुण्य रेग्मीले नेपाली समुदायका हरेक सदस्यले जनगणना सहभागिताको महत्वबारे प्रकास पारेका थिए  र जनगणनाबाट प्राप्त सूचांकहरुको मूल्यांकनले सरकारी तवरबाट कसरी स्थानीयहरुमा बजेट, योजना, सेवा तथा सुविधाको ब्यवस्थापन हुन्छ भन्ने विषयमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संसद अबेना अपुंग असारे, विसेष अतिथि ग्रीनिच काउन्सिल, बालक तथा युवा क्याबिनेट सदस्य अर्थात् काउन्सिलर म्याथु मोरो, एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का, महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठ, यति एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, तमुधीँ युकेका पूर्व अध्यक्षहरु सुवास सिंह गुरुङ, ज्ञाम गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र गुरुङ, तमुधीँ युकेका उपाध्यक्षद्वय हरि गुरुङ तथा जुम काजी गुरुङ,  ग्रेटर रसमोर नेपाली समाजका पूर्व अध्यक्ष रोहित गुरुङ, चार्ल्टन समाजका अध्यक्ष कृष्ण खरेल तथा महासचिव राजु न्यौपाने, ठकुरी समाज युकेका अध्यक्ष  हरिकुमार मल्ल, एनआरएनए आइसीसी सदस्य सुरज मास्के, आइसीसी सदस्य रामशरण सिम्खडा, कोने घोताने घोन्डे समाज युकेका अध्यक्ष चन्द्र गुरुङ,  प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष  राजेन्द्र पुडासैनी, एनआरएनए आइसीसी अनेरी काउन्सिल सदस्य विनोद ज्ञवाली, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुराल, नेपाली वेलफेयर सोसाईटीका अध्यक्ष धनबहादुर सार्की, युथ यसोसियसन युकेका अध्यक्ष लक्ष्मण गुरुङ, नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष कोमल मल्ल,  विश्वकर्मा नेपाली समाजका अध्यक्ष थाम बिश्वकर्मा , साउथ ईस्ट रिजनल तमुधीँ युकेका उपाध्यक्षहरु पार्वती गुरुङ तथा योगेस गुरुङ, सोसाईटी अफ नेपलिज प्रोफेसनल युकेका सचिव दिलिप पौडेल, पशुपतिनाथ मन्दिरका सचिव कल्पना त्रिपाठी, बुद्ध फाउन्डेसन युकेका सचिव सुरेन्द्र रुपाखेती, समाज सेवी अहिल्या कुँवरलगायत अतिथिहरुले कार्यक्रममा सहभागी भई आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भयो।
त्यसैगरी प्रेस युनियन युकेका अध्यक्ष बिपिन निरौला, नेपाल पत्रकार महासंगका उपाध्यक्ष श्याम लईटेल, प्रेस युनियन युकेका उपाध्यक्ष एभरेस्ट गौतम लगायतका पत्रकारहरुले सहभागिता जनाउँदै आ-आफ्नो भनाई प्रस्तुत गर्दै रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले चलाएको विशेष अभियान प्रशंसनीय भएको बताए ।
रोयल बरो अफ ग्रीनीच नेपाली सोसाइटीका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, भाषा तथा सॅंस्कृति विभागका संरक्षक एवं पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पूर्व प्रमुख सल्लाहकार एलएन पाण्डे, संस्थाका उपाध्यक्ष लीलादेवी गुरुङ, महासचिव मन्जु भण्डारी, सह-कोषाध्यक्ष श्रद्धा थापा, कल्चरल संयोजक अन्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, समाजसेवी दुर्गा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
निरीक्षण तथा सुपेरीवेक्षण समितिका संयोजक तथा संस्थाकी अध्यक्ष शर्मिला हिराचन, जनगणना तथा जागरूकता समितिका पुण्य रेग्मी , स्वयंसेवक परिचालन समितिका जीवन सेन, कोरोना विरुद्धको खोप सम्बन्धि सल्लाह, सुझाव समितिका रुद्र गौतम र संसाधन ब्यवस्थापन समितिका सुशील प्रजापतिले आफ्नो कार्यप्रगति सहित आ-आफ्नो भनाइहरु राखेका थिए ।
एनआरएनए युकेका सचिव, संस्थाका उपाध्यक्ष तथा यस अभियानका संयोजक जित रानाभाटले, बेलायतमा रहेका नेपालीहरुले नेपाली समुदायको पहिचान, आर्थिक, सामाजिक तथा राजनीतिक विकासको लागि समुदायका सदस्यहरुको असल, सही तथा पूर्ण विवरण राष्ट्रिय तथ्यांकमा समावेश हुनुपर्ने र यसका लागि जनगणना कार्यक्रममा अनिवार्य सहभागिताको लागि जोड गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री