लण्डन । कोभिड-१९ विरुद्धको नयाँ भ्याक्सिन (खोप) नोभाभ्याक्स ८९.३ प्रतिशत प्रभावकारी देखिएको छ । बेलायतमा गरिएको तेस्रो चरणको क्लिनिकल ट्रायलमा नोभाभ्याक्सको उक्त प्रभावकारिता देखिएको हो । संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको छ।
उक्त खोपले कोरोनाको नयाँ भेरियन्टका विरुद्ध समेत काम गर्ने बीबीसीले जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै नोभाभ्याक्सको सफलतालाई ‘राम्रो समाचार’ भनेका छन् । बेलायतको स्वास्थ्य र व्यूटीसम्बन्धी उत्पादनको निमायक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलटरी एथोरिटी (एमएचआरए)ले दिन बाँकी रहेको छ ।
बेलायतमा सबैलाई खोप दिन चौतर्फी दबाब भोगिरहेको सरकारले आफ्नै देशको स्टकटन-अन-टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ। बेलायतको नियामक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलटरी एथोरिटी (एमएचआरए)ले खोपको अनुमति दिए यसैवर्ष डेलिभरी हुने अपेक्षा सरकारको छ ।
बेलायतले युकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्ड/एस्ट्राजेनिका, फाइजर/बायोएनटेक र मोडेर्ना खोपहरू हुन्। ती खोपहरु अहिले धमाधम लगाउने काम बेलायत सरकारले गरिरहेको छ ।
नोभाभ्याक्सका अनुसार जसमा १८ वर्षदेखि ८४ वर्ष सम्मका उमेर समूहका थिए । तीमध्ये २७ प्रतिशत ६५ वर्षभन्दा माथिका थिए । जहाँ थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिशत प्रभावकारी देखिएको छ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सका कार्यकारी प्रमुख स्टान इर्कले भने ‘बेलायतमा गरिएको क्लिनिकल ट्रायलले अनौठो र नयाँ आशा जगाएको छ । दक्षिण अफ्रिकामा जनतामा झनै धेरै आशा जगायो । उनले बीबीसीलाई भनेका छन्, ‘खोपको उत्पादन केन्द्र स्टकटन अन टिजलाई आगामी मार्च वा अप्रिलबाट हामी संचालनमा ल्याउँदै छौं । त्यहीं समयमा निमायक निकाय एमएचआरएबाट अनुमति पाउने आशा छ । धेरै प्रभावकारी र सुरक्षित कोभिड-१९ खोपका रुपमा रहेको नोभाभ्याक्सले बेलायतमा फैलिएको कोरोना भेरियन्टलाई नियन्त्रण गर्नेछ’, नोभाभ्याक्सका मुख्य अनुसन्धानकर्ता प्रोफेसर पाउल हिथले भने । नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिनेछ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश