लण्डन । कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा बेलायती सेनामा कार्यरत गोरखा सैनिकहरुले पनि अग्रणी भूमिका निर्वाह गरिररहेका छन् । यसैक्रममा हकिङ्स कम्युनिटी सेन्टर, फोल्कस्टन, केन्टको कोभिड-१९ को टेष्ट सेन्टर संचालन गर्ने जिम्मा उहाँहरुले सम्हालिरहनुभएको छ ।
मेडिस्टोनमा मुख्यालय रहेको क्वीन्स गोरखा इन्जिनियर्सका गोरखा सैनिकहरुले बुधबारदेखि सो टेष्ट सेन्टर संचालन गरिररहेको स्थानीय काउन्सिलर तथा पूर्व गोरखा लेफ्टिनेण्ट नविन सिवाले बताउनुभयाे ।
दैनिक दुई हजारदेखि २ हजार ५०० जनासम्मको कोरोना संक्रमण गर्ने सो केन्द्रको सबै जिम्मेवारी गोरखा सैनिकहरुले लिनुभएको छ ।”एक जना केन्ट काउन्टी काउन्सिलका कर्मचारीबाहेक सबै गोरखा दाजुभाइहरुले नै गरिररहनुभएको छ ” सिवाले भने ।
गोरखा सैनिकहरुले हकिङ्स टेष्ट सेन्टर सम्हाल्नुअघि क्यान्टरवरीमा यस्तै टेष्ट सेन्टर संचालन गरेका थिए ।
लक्षण नदेखिएका मानिसहरुलाई कोभिड १९ टेष्ट गर्ने सो सेन्टरमा स्थानीयबासीहरुले टेष्टका लागि बुकिङ गर्नुपर्नेछ । हल ठूलो भएकाले एकै पटकमा १० देखि १५ जनाको टेष्ट लिन सकिने छ ।
कोरोना भाइरसको नयाँ प्रजाति देखा परेपछि केन्टमा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको थियो । लक्षण नै नभएका व्यक्तिहरुबाट भाइरस संक्रमण फैलिन थालेपछि केन्ट काउण्टीले काउन्टीका विभिन्न भागमा टेष्ट सेन्टर खोलेको थियो । ती सबै सेन्टरहरु सेनाद्वारा सन्चालित छन् ।
काउन्सिलर सिवा गोरखा सैनिकहरुले कोरोना भाइरसविरुद्धको लडाइँमा नाइटिङ्गल अस्पतालको निर्माण, डोभरमा रोकिएका ट्रक चालकहरुको कोरोना परीक्षणदेखि लक्षण नभएका मानिसहरुको कोरोना परीक्षणसम्म सहभागी भएर ठूलो सहयोग गरेको बताउनुहुन्छ । आफू पनि पूर्व गोरखा भएकाले यस्ता कार्यमा गोरखाहरुको संलग्नता देख्दा गर्व महसुस हुने उनको धारणा छ ।
यसका साथै स्थानीय मानिसहरुमा पनि गोरखाहरुप्रति सकारात्मक धारणा बनेको उनले थपे ।
 बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप