लण्डन । कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा बेलायती सेनामा कार्यरत गोरखा सैनिकहरुले पनि अग्रणी भूमिका निर्वाह गरिररहेका छन् । यसैक्रममा हकिङ्स कम्युनिटी सेन्टर, फोल्कस्टन, केन्टको कोभिड-१९ को टेष्ट सेन्टर संचालन गर्ने जिम्मा उहाँहरुले सम्हालिरहनुभएको छ ।
मेडिस्टोनमा मुख्यालय रहेको क्वीन्स गोरखा इन्जिनियर्सका गोरखा सैनिकहरुले बुधबारदेखि सो टेष्ट सेन्टर संचालन गरिररहेको स्थानीय काउन्सिलर तथा पूर्व गोरखा लेफ्टिनेण्ट नविन सिवाले बताउनुभयाे ।
दैनिक दुई हजारदेखि २ हजार ५०० जनासम्मको कोरोना संक्रमण गर्ने सो केन्द्रको सबै जिम्मेवारी गोरखा सैनिकहरुले लिनुभएको छ ।”एक जना केन्ट काउन्टी काउन्सिलका कर्मचारीबाहेक सबै गोरखा दाजुभाइहरुले नै गरिररहनुभएको छ ” सिवाले भने ।
गोरखा सैनिकहरुले हकिङ्स टेष्ट सेन्टर सम्हाल्नुअघि क्यान्टरवरीमा यस्तै टेष्ट सेन्टर संचालन गरेका थिए ।
लक्षण नदेखिएका मानिसहरुलाई कोभिड १९ टेष्ट गर्ने सो सेन्टरमा स्थानीयबासीहरुले टेष्टका लागि बुकिङ गर्नुपर्नेछ । हल ठूलो भएकाले एकै पटकमा १० देखि १५ जनाको टेष्ट लिन सकिने छ ।
कोरोना भाइरसको नयाँ प्रजाति देखा परेपछि केन्टमा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको थियो । लक्षण नै नभएका व्यक्तिहरुबाट भाइरस संक्रमण फैलिन थालेपछि केन्ट काउण्टीले काउन्टीका विभिन्न भागमा टेष्ट सेन्टर खोलेको थियो । ती सबै सेन्टरहरु सेनाद्वारा सन्चालित छन् ।
काउन्सिलर सिवा गोरखा सैनिकहरुले कोरोना भाइरसविरुद्धको लडाइँमा नाइटिङ्गल अस्पतालको निर्माण, डोभरमा रोकिएका ट्रक चालकहरुको कोरोना परीक्षणदेखि लक्षण नभएका मानिसहरुको कोरोना परीक्षणसम्म सहभागी भएर ठूलो सहयोग गरेको बताउनुहुन्छ । आफू पनि पूर्व गोरखा भएकाले यस्ता कार्यमा गोरखाहरुको संलग्नता देख्दा गर्व महसुस हुने उनको धारणा छ ।
यसका साथै स्थानीय मानिसहरुमा पनि गोरखाहरुप्रति सकारात्मक धारणा बनेको उनले थपे ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद