लण्डन । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ ।
माइक्रोसफ्ट टिम्समा बुधबार भएको सो छलफलमा ओएनएसबाट सामुदायिक साझेदारी प्रबन्धक इमिली स्टिडस्टन, ग्रिन्विच क्षेत्रका लागि नेपाली समुदायका सल्लाहकार समिर गुरुङ, ओएनएस युकेका जनसम्पर्क तथा मिडिया टीमका ग्लेन ग्यारेट र एमी वाल्कर तथा सिएनएस युकेका तर्फबाट बरिष्ठ शोधकर्ता डा. कृष्ण अधिकारी र रिसर्च एसोसिएट नरेश खपाङ्गीमगर सहभागी थिए ।
छलफलमा प्रबन्धक स्टिडस्टनले यसवर्षको जनगणनाको तयारी कसरी भइरहेको छ र त्यसमा समुदायहरुले कसरी सहयोग गर्न सक्छन् भन्ने बारेमा जानकारी दिएकी थिइन् । यसपटकको जनगणनामा अनलाइनमा जोड दिइएको बताउँदै उनले अनलाइनमा पहुँच नभएका र अंग्रेजी भाषामा सहयोग आवश्यक भएकाहरूलाई सहयोगका विभिन्न उपायहरुको व्यवस्था गरिएको बताइन् । उनले मार्च महिनाको सुरुवातदेखि हरेक घरमा जनगणनामा भाग लिनका लागि संकेत सहितको पत्र प्राप्त हुने र जनगणनाको वेभसाइटमा गएर आफ्नो आफ्नो परिवारको विवरण भर्न सकिने जानकारी दिइन् । अनलाइन फाराम भर्न नसक्ने अवस्थामा कागजकै फाराम झिकाएर जनगणनामा भाग लिन सकिने पनि उनले थपिन् । जनगणनामा नेपाली समुदायलाई लक्षित गरेर फारामको नेपाली भाषामा अनुवाद गरिएको साथै फाराम कसरी भर्ने भन्ने बारेमा नेपालीमा निर्देशिका पनि बनाइएको उनले जानकारी दिइन् । नेपाली समुदायका लागि जनगणनाबारे पर्चा र पोष्टरहरु पनि तयार गरिएको उनको भनाइ थियो । यी सबै सन्दर्भ सामग्री मात्र भएको र फाराम भर्दा अङ्ग्रेजीमै भर्नु पर्ने उनको भनाइ थियो।
यस्तै, नेपाली समुदायका लागि सल्लाहकार समिर गुरुङले नेपाली समुदायमा जनगणनालाई सफल पार्न भइरहेका गतिविधिका बारेमा बताएका थिए । उनले आफ्नो कार्यक्षेत्र तोकिएको ग्रीनवीचमा मात्र सीमित नरही बेलायतका विभिन्न क्षेत्रमा नेपालहरुलाई जनगणनाका बारेमा प्रचारप्रसार गरिरहेको जानकारी दिए ।
ओएनएसका जनसम्पर्क तथा मिडिया टीमका ग्लेन ग्यारेटले नेपाली मिडियाहरुलाई जनगणनाबारे आवश्यक प्रचारप्रसार सामग्री उपलब्ध गराउन आफूहरु तत्पर रहेको बताए ।
सिएनएस युकेका डा. अधिकारीले आफ्नो संस्थाले जनगणनाको क्षेत्रमा बेलायतमा गर्दै आएको कामको बारेमा जानकारी गराएका थिए । उनले सन् २००८ मा संस्थाले जनस्तरमा जनगणना सञ्चालन गरी पुस्तक, लेख प्रकाशन गरेको बताए । बेलायतको राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिताका लागि सन् २०११ मा पनि ओएनएससितको सहकार्यमा अभियान चलाएको उल्लेख गर्दै ओएनएसले सीएनएसयुकेको कामको गरेको कदर र प्रशंसा गरेकोमा धन्यवाद व्यक्त गरे । यसपटकको जनगणनामा पनि सो कार्य जारी राख्ने बताए । उनले यसपटकको जनगणनाका बारेमा नेपाली समुदायलाई जानकारी दिन बेलायतमा रहेका नेपाली समुदायको राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिने जानकारी दिए ।
सिएनएस युकेका रिसर्च एसोसिएट नरेश खपाङ्गीमगरले जनगणनामा बेलायतमा बसोबास गर्ने नेपालीहरुको धेरैभन्दा धेरै सहभागिताका लागि सिएनएस युकेले कार्य गरिरहेको बताए ।
सिएनएस युकेले आयोजना गर्ने कुनै कार्यक्रममा ओएनएसको तर्फबाट कुनै सूचना र सहयोग चाहिए ओएनएस सो प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी गराइएको थियो । छलफलमा बेलायतका विभिन्न भागमा बसिरहेका नेपाली समुदायलाई जनगणनामा आवश्यक पर्ने सहयोगका लागि ओएनएसका सामुदायिक सहभागिता प्रबन्धकहरुको सम्पर्क र ती स्थानका नेपाली समुदायका अगुवाहरुको सम्पर्क स्थापना गर्ने निचोड निकालिएको छ ।
ओएनएसले इङल्याण्ड र वेल्समा हरेक १० वर्षमा जनगणना गर्ने गर्दछ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]