लण्डन । मस्तिक घातका कारण मंगलबार निधन हुनुभएका डा. चन्द्र लक्सम्बाप्रति बेलायतमा रहेका विभिन्न संघसंस्थाले शोक बक्तब्य जारी गरेका छन् ।
लक्सम्बा पूर्व कार्यकारी निर्देशक रहेको बेलायतस्थित नेपालीहरुको वुद्धिजीवीहरुको संस्था सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले संस्थाका संस्थापक सदस्य डा लक्सम्बाको निधनले दुखीत भएको बताएको छ । विगत तीन वर्षदेखि नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत लक्सम्बाको निधनले एक असल मित्र, विश्वासिलो सहकर्मी त्यसभन्दा पनि माथि राम्रा प्राज्ञ, अनुसन्धाता र सामाजिक अभियनता गुमाउनु परेको सिएनएस युकेले जनाएको छ । सिएनएस युके, बेलायतमा रहेको नेपाली समुदाय र सबै नेपालीका लागि उहाँको पुर्याएको योगदान सदा स्मरणीय रहेको बक्तब्यमा उल्लेख छ ।
यस्तै, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले एक वक्तब्य जारी गर्दै संस्थाका सल्लाहकार तथा गोरखा प्राविधिक समितिका सदस्य डा. चन्द्र लक्सम्बाको निधनबाट एक कुशल ब्यक्ति र कुशल सल्लाहकार गुमाएको बताएको छ । गोरखा समस्या समाधानका लागि गठित गोरखा प्राविधिक समितिका सदस्यका हैसियतले उहाँले दुईसय पाँच वर्षदेखि गोरखाहरु माथि भएको विभेद अन्त्यको लागी बेलायत सरकारको प्रतिनिधि, नेपाली राजदुताबास र गोरखाहरुबीच विभिन्न चरणको वार्तापस्चात एक ऐतिहासिक १३ बुँदे प्रतिवेदन तयार पार्नमा उहाँको अहम भूमिका रहेको बक्तब्यमा उल्लेख थियो ।
डा. लक्सम्बा स्पष्ट वक्ता हुनुका साथै गेसोलाई सामूहिक सल्लाह दिँदै गेसोको योजनालाई सफल बनाउन जहिले पनि स्फूर्त रुपमा लागी पर्नु भएको गेसोले बताएको छ । उहाँको सल्लाह र सुझावले निर्भिकताका साथ गेसोलाई योजना अगाडि बढाउन हौसला प्राप्त हुने गरेको स्मरण गर्दै उहाँलाई गुमाउनु पर्दा गेसोलाई मात्रै नभै सिंगो गोरखा आन्दोलनलाई अपूरणीय क्षति पुगेको बक्तब्यमा बताइएको छ ।
यस्तै, नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले महासंघका सल्लाहकार डा. चन्द्र लक्सम्बाको असामयिक निधनले बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरु मर्माहत र भावविह्वल भएको बताएको छ । लक्सम्बा एक अविभावक तथा मार्गनिर्देशक हुनुभएको र गोर्खा आन्दोलनको एउटा खम्बा हुनुभएको नेफिन युकले बताएको छ । सीमान्तकृत समुदायहरुका लागि पनि कलम चलाउनु हुने डा लक्सम्बाले जनजाति आन्दोलनलाई पनि एक वा अनेक प्रकारले सहयोग गर्दै आउनुभएको वक्तब्यमा उल्लेख छ । उहाँको देहावसानले बेलायतको नेपाली समाज, गोेर्खा समुदाय, किराँत लिम्बू समुदायलाई मात्रै नभएर पुरै देशलाई नै अपूरणीय क्षति पुगेको र उहाँको वौद्दिकताको अभाव नेपाली समाजलाई सधैं महसुस भई नै नेफिनले जनाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश