लण्डन । कोरोना भाइरसको महामारी शुरु भएपछि बेलायतकाे रोजगारीमा गम्भीर असर परेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले बेलायतको बेरोजगारी दर पाँच प्रतिशत पुगेको छ । जुन बितेको पाँच वर्षयताकै उच्च रहेको बताइएको छ ।
ओएनएसका अनुसार २०२० को नोभेम्बर महिनामा कोरोना भाइरसका कारण लकडाउन शुरु हुनु पूर्व फेब्रुअरी महिनाको तुलना ८ लाख २८ हजार जनाले रोजगारी गुमाएका छन् ।
आर्थिक विश्लेषकहरुले अपेक्षा गरिएभन्दा कमले मात्र जागिर गुमाएको बताएका छन् । उनीहरुका अनुसार बेलायत सरकारले ल्याएको जागिर बचाउने योजनाले करिब २४ लाख (अक्टोबर सम्मको तथ्यांकअनुसार) मानिसहरुलाई बेरोजगार हुनबाट बचाएको छ । सो योजना मार्च मसान्तसम्म रहने बताइएकोमा आर्थिक विश्लेषकहरुको अनुमानमा सरकारले सो योजनालाई लम्ब्याउने छ ।
बेलायतमा अहिले प्रति १ हजार मानिसमा १४ जनाले जागिर गुमाएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश