गुरुङ सोसाइटी केन्टको १३ औं वार्षिक साधारण सभा सम्पन्न

लन्डन । तमू समाज केन्ट युकेको १३ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट शनिवार सम्पन्न भएको छ ।

समाजका अध्यक्ष राजदेवी गुरुङको अध्यक्षतामा भएको सो साधारण सभामा आजिवन सदस्यहरुका साथै समाजका सदस्यहरु वृद्धवृद्धादेखि युवायुवतीसमेतको बाक्लो उपस्थिति थियो ।

समाजमा ३१८ जना आजिवन सदस्य छन् ।

समाजका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको उक्त साधारणसभामा रास्ट्रिय धुन बजाएर उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डोल गुरुङले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष श्रीमती राजदेवी गुरुङले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष गुरुङले वर्षभरि भएका, हुँदै गरेका र आगामी दिनहरुमा समाजले गर्नुपर्ने महत्वपूर्ण भावी कार्ययोजना अगाडी बढाउदै लैजानेमा जोड दिएकी थिइन् ।

समाजका कोषाध्यक्ष भीमप्रसाद गुरुङले आर्थिक प्रतिवेदन विवरण प्रस्तुत गरे भने जेष्ठ नागरिक संयोजक बलवीर गुरुङले वृद्ध आमाबाबाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । साँस्कृतिक संयोजक ममता गुरुङले आफ्नो छोटो प्रतिवेदन, सल्लाहकार एवम् पूर्व अध्यक्ष गम गुरुङले समाजले गरेका कामहरुको प्रसंशा गर्दै आफ्ना मार्ग निर्देशनका भनाइहरु राखेका थिए । कार्यक्रममा महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदनमार्फत समाजका कार्यका बारेमा सदस्यहरुलाई छर्लङ्ग पारेका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार एवम् पूर्व अध्यक्षहरु चित्र गुरुङ, गुनबहादुर गुरुङ र बलराम गुरुङले समाजको उद्देश्य पूरा गराउन र समाजले खेल्दै आएको उल्लेखनीय भूमिकाहर बारे संक्षिप्त रुपमा आ-आफ्ना भनाइहरु राखेका थिए । साधारणसभामा प्रस्तुत गरिएको विभिन्न प्रस्ताव उपर उपस्थित भएका सदस्यहरुले सक्रियतापूर्वक गहन छलफल गरेका थिए ।

साधारणसभामा सहभागीहरुले राखेको विभिन्न प्रश्नहरुको औचित्यका साथ जवाफ अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले दिएका थिए ।

पछिल्लो समय विश्व भूमण्डलीकरणको कारण साँस्कृतिक र भाषिक अस्तित्वहरु सकिँदै गईरहेको सन्दर्भमा तमू समाज कन्ट युकेले पनि तमूहरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभूषा, रितिरिवाज, परम्परा र कलालाई जीवन्त राख्नका लागि सक्रिय हुँदै आईरहेको छ ।

समाजका अध्यक्ष गुरुङले समाजको उद्देश्य पूरा गराउन अहिलेको असहज परिस्थितिमा कार्यसमितिले खेलेको उल्लेखनीय भूमिकाहरु र जिम्मेवारीहरु संक्षिप्त रुपमा प्रकाश पारे । अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सम्पूर्ण केन्टबासी गुरुङहरुलाई अहिलेको यो महामारीको संक्रमण र प्रकोपबाट बच्न अझै पनि सबैजना एकदमै अनुशासित र सुरक्षितसँग सरकारले लागू गरेको नीति, निर्देशन र आदेशको पूर्णरुपले पालना गरिदिनुहुन र समाजका जेष्ठ नागरिक बाबाआमाहरु प्रतिविशेष ख्याल राख्न अनुरोध गरिन् । उनले यसबेला अत्यावश्यक कामबाहेक घरैमा बस्न धेरै बुद्धिमानी हुने पनि बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री