लण्डन । नेपाल आयरल्याण्ड संसदीय मैत्री समूह पुनर्गठन भएको छ ।
आयरल्याण्डमा गत फेब्रुअरीमा नयाँ निर्वाचन भएपछि सो समूहको पुनर्गठन गरिएको हो ।
पुनर्गठित समूहको संयोजकमा सीन क्रावे रहेका छन् भने सदस्यहरुमा आवास तथा स्थानिय विकास मन्त्री समेत रहेका दाराग ओब्रायन, जेनिफर मुरनान ओअनर, इभाना बेसिक र मेरी सिक्री रहेको लण्डनस्थित नेपाली दुताबासले जनाएको छ ।
नेपाल तथा आयरल्याण्डका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका सम्मानित संसदका सदस्यहरु बीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र आयरल्याण्डको संसदमा सन् २०१८ मा आयरल्याण्ड- नेपाल संसदीय मैत्री समूह स्थापना भएको थियो।
संयुक्त अधिराज्य तथा आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा आयरल्याण्डका प्रतिनिधि सभाका सभामुख सीन ओफर्गालीको पहलमा यस संसदीय मैत्री समूहको पुनर्गठन भएको दुताबासले जनाएको छ।
आयरल्याण्ड र नेपालबीच १९ अगष्ट १९९९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ भने यसअघि आयरल्याण्डमा आयरल्याण्ड-नेपाल मैत्री समाज एवं आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश