लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषदले सन् २०२१ को विद्यावारिधि शोध पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ ।
परिषदका अनुसार विश्वका जुनसुकै देशबाट पुरस्कारका लागि आवेदन गर्न सकिने छ ।
परिषद्ले सन् २०१८ देखि सो पुरस्कारको शुरुवात गरेको हो । यसवर्ष दुई जना सम्मलाई पुरस्कृत गर्न सकिने बताइएको छ । पुरस्कारको राशी जनही २५० पाउण्ड रहेको छ ।
१५ जनवरी २०१९ भन्दा पछि विद्यावारिधीमा भर्ना भएका वा विद्यावारिधी उत्तीर्ण गरेकाहरुले सो पुरस्कारका लागि दरखास्त दिन पाउँछन् । यसभन्दा अघि पनि सो पुरस्कारका लागि आवेदन गरेका तर पुरस्कार नपाएकाहरुले नयाँ आलेखका साथ पुरस्कारका लागि आवेदन दिन पाउनेछन् तर उनीहरु पनि १५ जनवरी २०१९ पछि नै विद्यावारिधी गरेको हुनुपर्नेछ ।
पुरस्कारका लागि आवेदन दिँदा १० हजार शब्द सम्मको विद्यावारिधीको खण्ड, समीक्षाका लागि लागि पठाइएको लेख वा शोधपत्रका आधारमा प्रकाशित अनुसन्धानमूलक लेख पठाउनुपर्नेछ । शोध समाज विज्ञान वा मानविकीका साथै प्राविधिक क्षेत्र जस्तै जनस्वास्थ्य वा वनविज्ञानका क्षेत्रमा सामाजिक आयाम वा नेपाल र नेपाली सँस्कृतिका बारेमा लेखिएकाे हुनुपर्नेछ ।
इच्छुक आवेदकहरुलाई आवेदन दिन १५ मार्च सम्मको समय दिइएको छ । परिषदको पुरस्कार उपसमितिले विजेताकाे छनौट गरी १५ अप्रिलमा घोषणा गर्नेछन् । विजेतालाई अप्रिल २२ र २३ मा हुने नेपाल अध्ययन दिवसमा पुरस्कृत गरिने छ ।
पुरस्कारका लागि आवेदन गर्न इच्छुकहरुले S.bista@2014.ljmu.ac.uk मा इमेल गरी आवेदन पठाउन सक्नेछन् ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो