लन्डन । मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ ।
नेपाली समाजको साँस्कृतिक विविधतालाई साहित्यमार्फत् उजागर गर्न महासङ्घले सो उत्सव गर्न लागेको हो ।
विश्व मातृभाषा दिवसका अवसर पारेर संस्थाले बेलायतमा आगामी फेब्रुअरी महिनाको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजना गर्न लागेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेका अध्यक्ष विजय हितानले बताए । उनले जातीय बहुविविधतालाई सम्बोधन गर्दै सिर्जनामार्फत् मातृभाषाको साहित्यलाई प्रबद्र्धन गर्न उत्सवले टेवा पु¥याउने बताए ।
महासंघको यही शनिबार बसेको तेस्रो बैठकले सो कार्यक्रमको संयोजकका रूपमा सचिव अमित थेवेलाई तोकेको अध्यक्ष हितानले जानकारी दिए । उनले उत्सवमा मदन पुरस्कार विजेता एवम् केही समयअघि गठन भएको आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालका संयोजक राजन मुकारुङलाई प्रमुख वक्ताका रूपमा निम्तो दिइसकिएको बताए ।
संयुक्त राष्ट्र संघको विशेषज्ञ संस्था युनेस्कोको आह्वानमा सन् २००० यता प्रत्येक वर्षको फेब्रुअरी २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ ।
यसैगरी, बैठकले गत जनवरी ३ मा आयोजना गरेको मास्टर मित्रसेन थापा मगरबारे परिचर्चा कार्यक्रम अत्यन्तै सफल रहेको ठहर गर्दै आगामी वर्ष अझ व्यापक रूपमा आयोजना गर्ने बताएको छ । त्यसैगरी, आउने नोभेम्बर महिनामा १३ जना भिक्टोरिया क्रस पदक विजेता गोर्खाली सैनिकहरूलाई स्मरण गर्दै युद्ध साहित्य गोष्ठी समेत गर्ने सहसचिव लाहाङ चेम्जोङले जानकारी दिए । त्यस्तै, मार्च महिनाको अन्तिम शनिबार संस्थाको स्थापना दिवसका अवसरमा गीतकार गणेश पुनद्वारा लिखित ‘बाटो’ गीति सङ्ग्रहको समेत विमोचन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकसँगै नियमित साहित्यिक श्रङ्खलाअन्तर्गत कृति उपर समीक्षा गर्ने कार्यक्रम पनि सम्पन्न भएको अध्यक्ष हितानले बताए । उनका अनुसार गीतकार सेमन्त राईको गीत ‘उभौली’ माथि गणेश पुनले चर्चा गरे भने गीतकार सुष्मा रुपाबुङ राईको गीत ‘एउटा यस्तो प्रेम कहानी’ माथि औतारी साइलाले बोले । त्यस्तै, विश्वजीत थापाले निर्देशन गरेको लघु चलचित्र ‘अलिखित’ बारे अमित थेवेले समीक्षा गरे । बैठकले अन्य समसामयिक विषयहरू उपर समेत निर्णय गरेको सचिव थेवेले बताए ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत